०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

माओवादी उपाध्यक्ष श्रेष्ठले वर्तमान सरकार नजिकका भ्रष्टाचारीलाई जोगाउन लागेको आरोप

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ १९, २०८१

 

अर्घाखाँची । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार नजिकका भ्रष्टाचारीलाई जोगाउन लागेको आरोप लगाएका छन् । सन्धिखर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन् । उनले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने कार्यमा नलागेको बताए । श्रेष्ठले वर्तमान सरकारको आलोचना गर्दै सरकार नजिकका भ्रष्टाचारीलाई जोगाउन लागिरहेको आरोप लगाए ।

उपाध्यक्ष श्रेष्ठले भने, ‘परिवर्तनका लागि जति आह्वान गरे पनि, सरकार जनताको पक्षमा काम गर्न सकेको छैन। भ्रष्टाचार नियन्त्रणको लागि कुनै वास्तविक प्रयास भएको छैन । सरकारको नीति र कार्यले जनतामा विश्वास पैदा गर्न सकेको छैन । सुशासन र पारदर्शिता लागू गर्न आवश्यक छ, तर अहिलेको शासनले त्यसतर्फ ध्यान दिइरहेको छैन ।’

समाजवादको आधार तय गर्ने काम जनताको जागरण अभियानबाटै सम्भव भएको उनको भनाई छ । सरकारले जनताको वास्तविक चाहनाहरूसँग मेल खाएर काम गर्न सके मात्र देशमा वास्तविक परिवर्तन ल्याउन सकिने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घोराही बनाऔँ अभियानले घोराही उपमहानगरपालिकाका नदी तथा खोलाको आसपासमा रहेका जोखिमयुक्त बस्तीमा पुगेर स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गएको टोलीले विभिन्न जोखिमयुक्त टोल तथा बस्तीमा पुगेर स्थानीयवासीको अवस्था बुझ्नुका साथै सम्भावित विपत्तिबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो। […]

बाँके । नेपालगन्जमा ६० रुपैयाँ भाडाको विषयलाई लिएर रिक्सावालाबीच हानाहान भएको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहालसम्म पुगेको थियो। स्थानीयका अनुसार यस्ता साना विषयमा हुने विवादले सहरको छवि बिगारिरहेको गुनासो गरेका छन ।

पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान सफलता पुर्वक, कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बुधबार साँझ ६:१८ मा अवतरण गरेको छ । फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान बुधबार साँझ दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय सुरु भएको […]