२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

प्रेस चौतारी दाङको १० औं जिल्ला अधिवेसन सम्पन्न :२५ सदस्यीय नयाँ कार्यसमिति गठन

Logo
बिदुर एमसी प्रकाशित आइतबार, माघ २०, २०८१

दाङ । घोराही प्रेस चौतारी नेपाल दाङको अध्यक्षमा सुधासुमन ढकाल निर्विरोध निर्वाचित भएकी छिन् । प्रेस चौतारी नेपाल दाङको शनिवार घाेराहीमा भएकाे १० औ जिल्ला अधिवेशनले ढकालको अध्यक्षतामा २५ सदस्य नयाँ कार्य समिति चयन गरेको हो । जसको खुल्ला उपाध्यक्षमा विमल योगी, समावेशी उपाध्यक्षमा लक्ष्मी पोख्रेल, सचिवमा निमुसंगम घर्ती, खुल्ला सहसचिव सन्तोष खनाल, सहसचिव सहसचिवमा भ्युमान पुन मगर, कोषाध्यक्ष चन्द्र प्रकाश नेपाली रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा महेश बस्नेत, सुशीला परियार, चेतन वली, प्रेम कुमारी बुढामगर, दिपक वली, रामप्रसाद सुवेदी, कपिल लामिछाने, अनुप आचार्य, कैलाश घर्तीमगर, अविशेषक डाँगी, हिमाल विश्वकर्मा, अशोक नेपाली, अरुणकुमार नेपाली, सुरक्षा चौधरी, निशाकुमारी चौधरी, हिमाल खडका, शैलेश अधिकारी, रमा नेपाली, राजकुमार विश्वकर्मा, दिपक चौधरी रहेका छन् ।  त्यसै गरि केन्द्रिय परिषद सदस्यमा दुर्गालाल केसी, प्रेम बहादुर राम्जा, वसन्त आचार्य, पाण्डप शर्मा, गोकर्ण पौडेल र दिप्तीशीखा चौधरी रहेका छन् । भने प्रदेश परिषद सदस्यमा माधव कडेल, निता चौधरी, बासुदेव न्यौपाने,  नवराज शर्मा र दिपक जिएम रहेका छन् ।

साे अधिवेशन उद्घाटन समाराेहमा बाेल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा घोराही उप–महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले सरकार स्थिर नहुँदा अराजकताको स्थिती उत्पन्न भएको बताएका छन् । कार्यक्रमका प्रमुख बक्ताका रुपमा समेत रहेका चौधरीले सामाजिक सञ्जालमा फैलिने अराजकताले नै आधिकारिक मिडियालाई कमजोर बनाइरहेको भन्दै यस्ता कुरालाई आधिकारीक पत्रकारहरुले खण्डण गर्नुपर्ने बताएका छन् ।

त्यस्तै प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासनले सत्यतथ्य समाचार मात्रै सप्रेसन गर्न आग्रह गरेका छन् । उनले तथ्यमा आधारित समाचार लेख्न पत्रकारहरुलाई आग्रह गरेका हुन् । आर्थिक पारदर्सीता र राष्ट्रिय व्यवस्थालाई बलियो बनाउन पत्रकारहरुको भुमिका महत्वपुर्ण हुने भन्दै उनले राज्य व्यवस्था र संघिय लोकतान्त्रीक

गणतन्त्रलाई बलियो बनाउने गरेर आफ्नो भुमिका बढाउन पत्रकारहरुलाई आग्रह गरे । स्वतन्त्रताको नाममा समाजमा अराजकता मच्चाउने छुट कसैलाई नभएको भन्दै उनले संमयम भएर कलम चलाउन आग्रह गरे ।  कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य, उपाध्यक्ष मनोहर बुढाथोकी, नेपाल पत्रकार महांसघ दाङमा अध्यक्ष सन्तोष सुवेदी, लुम्बिनी प्रदेश सञ्चार समन्वय परिसदका अध्यक्ष मिलन गाह, प्रेस युनियनका आरके सितल, जनपत्रकार संगठन दाङका अध्यक्ष जंग रेउले, प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजाल, प्रेस सेन्टरका हेमराज परिवर्तन लगाएतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रेस चौतारी दाङका अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन सचिव किरण गौतमले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!