काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं यसअघि एक जना मात्र एसपी रहने प्रथालाई परिवर्तन गर्दै प्रहरी प्रधान कार्यालयले सोमबारदेखि एसपी कुलदिप चन्दलाई नयाँ एसपीका रूपमा पदस्थापन गरेको हो।
चन्दको नियुक्तिपूर्व परिसरमा एसपी अपीलराज बोहरा मात्र कार्यरत थिए। प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यका अनुसार, काठमाडौं परिसरमा कामको अत्यधिक चाप हुने भएकाले दुई जना एसपी रहने व्यवस्था गरिएको हो।
प्रहरी प्रधान कार्यालयले एसपी चन्दलाई अब्बल र उत्कृष्ट अधिकृतका रूपमा पहिचान गर्दै काठमाडौं प्रहरी परिसरमा खटाएको जनाएको छ। यसअघि नै परिसरमा दुई जना एसपी राख्ने प्रस्ताव थियो तर कार्यान्वयन हुन सकेको थिएन।
काठमाडौं प्रहरी परिसरको कमाण्ड भने वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) ले सम्हाल्ने व्यवस्था यथावत् नै रहने छ।