२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

नफेरिएकाे पत्रकार/हकर अजयदीपकाे कथा

Logo
पाण्डब शर्मा प्रकाशित बुधबार, माघ २३, २०८१

दाङ । घोराही आज कामको सिलसिलामा नेपाल पत्रकार महासङ्घ दाङ शाखाको भवनमा पुगेको बेला एक्कासी भेट भयो अजयदीप शर्मासँग ।

पछिल्लो पटक उहाँसँग भेट नभएको धेरै समय भइसकेको थियो । आज बुधबार । उहाँ नौलो जनउभार साप्ताहिक पत्रिका बजारमा वितरण गर्दै त्यहाँसम्म पुग्नुभएको रहेछ ।
जनउभार पत्रिकामा मैले पनि कार्यकारी सम्पादकको रुपमा चार वर्ष काम गरेको थिए । आफूले पहिले काम गरेको पत्रिकाको प्रकाशक/सम्पादक र मेरो पूर्व नेता र निकै माया गर्ने अभिभावक भएको नाताले उहाँले पत्रिका वितरण गरिरहेको दृश्य देखेर म अलि भावुक पनि भए ।

२०५५ सालदेखि जनउभार पत्रिकामा निरन्तर काम गरिरहनु भएका अजयदीप आज पनि आफै पत्रिकाको प्रकाशक/सम्पादक, डिजाइनर र हकर भएर निरन्तर काम गरिरहनुभएको छ ।

करिब १८ वर्ष एउटै संगठनमा रहेर काम गरेको नाताले म अजयदीपलाई भित्रैदेखि राम्रोसँग चिन्छु । इमान्दारिता, लगनशीलता र संगठनमा सबैलाई न्यायोचित ढङ्गले हेर्ने उहाँको मूल विशेषता हो ।

पार्टी/संगठनमा जतिबेला अप्ठ्यारो परिस्थितिको सिर्जना हुन्थ्यो या काम गर्नुपर्ने हुन्थ्यो त्यतिबेला अजयदीपको आवश्यकता बोध हुन्थ्यो । तर, जब अवसर र सुविधाको कुरा आउँथ्यो त्यतिबेला अजयदीपमाथि असक्षमताको विल्ला भिराइन्थ्यो ।
राजनीतिमा लागेको एउटा इमान्दार सिपाहीमाथि यति धेरै अन्याय हुन्छ भन्ने कुराको उदाहरण हो, अजयदीप ।

राजनीतिमा लागेर धेरैका जीवनहरू बदलिए । चप्पल लाउने हरू महलमा पसे । पैदल हिँड्नेहरू पजेरोमा हिँड्न थाले । अजयदीपहरू अहिले पनि निरन्तर राजनीतिमा इमान्दारिताका साथ भविष्यको सपना बोकेर निरन्तर लागिरहेका छन् ।

म विचारले उहाँभन्दा अर्कै परिस्थितिमा गएको छु । तर उहाँले सिकाएको मूल मन्त्र – इमान्दार भएर काम गर, चोखो कमाइमा रमाउँ, सबैलाई न्यायोचित व्यवहार गर । यो कुरा मेरो जीवन होस् या राजनीतिमा सधैँ काम लागिरहनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!