२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

समाजिक सञ्जालमा‘आतंक’फैलाउने विरुद्ध उपत्यका प्रहरीको कडाइका साथ कारबाही अभियान

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, माघ २३, २०८१

 

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गरेर समाजमा अशान्ति फैलाउने, डर र त्रासको वातावरण सिर्जना गर्नेविरुद्ध कारबाही तीब्र पारेको हो ।

प्रहरीले सामाजिक सञ्जालबाट आतंक फैलाएको र गुण्डागर्दीमा सक्रिय रहेको आरोपमा काठमाडौंबाट सात जना पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धबाट उनीहरुलाई आज पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा गोपाल मोक्तान, गुणबहादुर गुरुङ, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु र रोशन तामाङ छन् ।

यो समूहले टिकटकमा ‘ग्याङ स्टार’ प्रदर्शन गरेको, तरबार प्रदर्शन गर्ने गरेको, हतियार र बडी प्रदर्शन गर्दै समाजमा अशान्ति मच्चाएको आरोप छ । कार्यालय प्रमुख एसएसपी रमेश बस्नेतले उनीहरुले सामाजिक सञ्जालमार्फत देखाएको व्यवहारका आधारमा पक्राउ गरिएको जानकारी गराउँदै अब थप अनुसन्धान हुने बताए । सामाजिक सञ्जालमा खुकुरी देखाउने र गुण्डागर्दीमा रहेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले यस्तै युवाहरुको सूची नै बनाएको जनाएको छ । उपत्यका अनुसन्धान कार्यालयको टोलीले विभिन्न क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधिमा लागेका करिब ४५ जना गुण्डागर्दी गर्नेहरूको सूची तयार पारेको छ । उनीहरूको विगतको अपराधका घटनालाई आधार बनाएर पहिलो सूची तयार पारिएको जनाइएको छ ।
प्रहरीले तयार गरेको सूचीमा सानो भर्‍याङका मिलन गुरुङ (चक्रे मिलन) देखि धादिङका राधे भनिने राधाकृष्ण भण्डारी समेत छन् । उनीहरू दुवै अपराधको दुनियाँमा चर्चित नाम हुन् ।

त्यस्तै, भण्डारी यसअघि प्रहरीको इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी (चरी) माथि नागढुंगामा गोली प्रहार गरेको आरोपमा पक्राउ परेका थिए । उनीहरू अहिले देखिने गरी गुण्डागर्दीमा नलागे पनि समूह बनाएर आफ्नो उपस्थिति देखाउन टिकटकमार्फत उच्छृंखल भिडियो पोस्ट गर्ने गरेको प्रहरीको दाबी छ । सूचीमा कलंकी क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधिमा लाग्ने अभिषेक सिंह, न्युरोडलाई आधार बनाउने बब शर्मा, ठमेल क्षेत्रलाई आधार बनाउने सानुकान्छा गुरुङ र साजन गुरुङ, बालाजु क्षेत्रलाई आधार बनाउने दिपेश धिताल छन् ।

यस्तै बसपार्क क्षेत्रलाई आधार बनाउने सुरेश डंगोल र सानुभाइ भनिने युवराज गुरुङ, बौद्ध क्षेत्रलाई आधार बनाउने श्याम लामा, गौशाला क्षेत्रलाई आधार बनाउने धिरेन प्रधानमाथि उपत्यका प्रहरीको टोलीले निगरानी थालेको छ । त्यस्तै, ललितपुर जिल्लालाई आधार बनाएर आपराधिक गतिविधिमा संलग्न राजु बोगटीलाई समेत प्रहरीले निगरानीमा राखेको छ । श्याम लामा, राधे भण्डारी र चक्रे मिलनका पछिल्ला टिकटक भिडियोमार्फत उनीहरूमाथि निगरानी थालेको छ । कार्यालयको प्रहरी टोलीले सूचीमा राखेकाहरू गुण्डागर्दी आरोपमा पटक–पटक पक्राउ पर्दै छुट्दै आएकाहरू हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!