२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

बिहीबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित बिहिबार, माघ २४, २०८१

मेष :-सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। रोकिएका काम बन्नाले नयाँ काम थालनी गर्न सकिनेछ। 

वृष :-आजको दिन मिश्रित फलदायी रहनेछ। पारिवारिक जीवनमा केही असमझदारी उत्पन्न हुन सक्छ, तर धैर्य र समझदारीले समस्याहरू समाधान गर्न सकिनेछ। आर्थिक मामिलामा सतर्क रहनुहोस् र अनावश्यक खर्चबाट बच्नुहोस्। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोस्।

मिथुन :-प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। आफ्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। ईर्ष्यालु मन भएकाहरूले सताउलान्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। व्यापार-व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। 

कर्कट :-मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउने अवसर प्राप्त हुनेछ। 

सिंह:-निर्णय गर्ने क्षमतामा कमी आउनेछ। नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमी हुनेछ। मित्र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। खानपानका कारण स्वास्थ्यमा सामान्य खराबी देखा पर्नेछ। साझेदारी कार्यमा हात नहालेकै बेस हुनेछ। व्यापार व्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ। 

कन्या :-एकान्त वातावरणमा मन रम्नेछ। नयाँ कार्य क्षेत्रमा लगानी नगरेकै बेस हुनेछ। खराब संगतका कारण सामान्य अपजस सहनु पर्ला। जीवनसाथीको सहयोगद्वारा गरिएका काममा सफलता प्राप्त हुनेछ। अनावश्यक खर्चको सम्भावना रहेकोछ। गैर व्यक्तिहरूको विश्वासमा नपर्नु नै उत्तम रहनेछ। 

तुला :-पुरानो लगानी उठाउने राम्रो समय रहेको छ। मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पुग्नेछ। प्रतिस्पर्धात्मक कार्यमा विशेष सफलता प्राप्त हुने योग रहेको छ। अध्ययन अध्यापनका क्षेत्रमा समय व्यतीत रहनेछ। रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सकिनेछ। 

वृश्चिक :-महत्वाकांक्षी योजना सम्पादन हुनाले मन आनन्दित रहनेछ। समाजमा इष्टमित्रहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। पुराना मित्रहरूको भेटघाटले पुराना कुराहरू ताजा हुनेछन्। घरपरिवारमा मनमुटाव हुन सक्छ।

धनु :-धेरै पराक्रममा वृद्धि हुनेछ। नयाँ माहोलमा आफ्नो योग्यतालाई जनाउन सकिनेछ। आफन्तहरूसँगको भेटघाटले मन उत्साहित रहनेछ। नयाँ कामको थालनी हुनेछ। परिवार तथा साथीभाइहरूबाट सहयोग मिल्नेछ। सोचेजस्तै सफलता हात पर्नेछ। वाणीमा संयम राख्नुपर्छ।

मकर :-नेटवर्किङ क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। सरकारी परीक्षाको तयारी गर्नेहरूका लागि समय उत्तम रहेको छ। पारिवारिक सम्बन्ध मजबुत हुनेछ। विद्यार्थीहरूलाई पढाइमा शिक्षकहरूद्वारा मार्गदर्शन मिल्नेछ। कार्यक्षेत्रमा वेतन वृद्धिले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा गरिएका कामहरूको प्रशंसा हुनेछ।

कुम्भ :-राजनीति तथा समाजसेवामा जनताको आलोचना हुनेछ। अनावश्यक विवादमा नपर्नुहोस्। आर्थिक मामिलामा सतर्क रहनुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोस्। परिवारमा असमझदारी बढ्न सक्छ।

मीन :-आजको दिन मिश्रित रहनेछ। आर्थिक लाभका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ। पारिवारिक जीवनमा सामान्य असमझदारी उत्पन्न हुन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। यात्रामा सतर्क रहनुहोस्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!