२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

अध्यादेशमा सघाउन उपेन्द्र यादवले मधेसको मुख्यमन्त्री मागे एमाले र काङ्ग्रेस सहमत

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ २४, २०८१

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता सामाजवादी पार्टी ९जसपा० लाई मधेस प्रदेशको मुख्यमन्त्री दिन काँग्रेस र एमाले तयार भएका छन् ।अध्यादेश पारित गर्न सघाउने सर्तमा मधेसको मुख्यमन्त्री दिन काँग्रेस–एमाले सहमत भएका हुन् ।

अध्यक्ष यादवले बुधबार राति र बिहीबार बिहान एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर संवाद गरेका थिए । जसपाले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा अध्यादेशमा सुझाव दिन कार्यदल गठन गरेको थियो ।

कार्यदलले भूमिसम्बन्धीबाहेक अन्य ५ अध्यादेशमा समर्थन गर्न सकिने सुझाजसहित प्रतिवेदन तयार पारेको छ । काँग्रेस मुख्य सचेतक श्याम घिमिरेले जसपा नेपालको समर्थनमा अध्यादेश पारित हुने बताए । जसपाले मधेसको मुख्यमन्त्री मागेको उनको भनाइ थियो ।

‘हामीलाई उपेन्द्रजीले धेरैपटक सहयोग दिने काम गर्नुभएको छ । हामीबाट केही लिनुभएको छैन । अहिले उहाँले मधेसको मुख्यमन्त्री माग्नुभएको छ । हामी त्यसमा सकारात्मक छौं’, घिमिरेले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!