अर्घाखाँची । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीबाट अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका-२ स्थित प्रहरी चौकी बल्कोटको नव-निर्मित भवन समुद्घाटन सम्पन्न गर्नुको साथै लुम्बिनी प्रदेश
प्रहरी प्रमुखज्यूबाट कार्यालयको अवलोकन, निरीक्षण र प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन तथा उपस्थित आम नागरिकहरुसँग अन्तरक्रियाँत्मक छलफल समेत गर्नुभएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको छ ।