०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

दाङको एक नास्ता पसलमा आगलागी हुँदा २ लाख बराबरको क्षती

Logo
प्रकाशित शुक्रबार, मंसिर २७, २०७६

कृष्ण चौधरी /ओमप्रकाश गुप्ता
भालुवाङ २७ मंसिर । दाङ देउखुरीको राप्ती गाउँपालिका १ बगासोतीमा एक नास्ता पसलमा आगलागी भएको छ । शुक्रवार दिउसो १ बजेको समयमा नास्ता पसल गर्दै आएका खड्कबहादुर रावतको छानोको नास्ता पसलमा आगलागी भएको हो । आगलागीबाट अन्नपात,लत्ताकपडा, नगद सहित करिव २ लाख बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । विहानै देखि अत्यधिक जाँडो भएकोले केटाकेटीहरुले आगो ताप्ने क्रममा एक्सासी आगलागी भएको प्रहरीले बताएको छ । आगोलाई स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । चाडपर्वको समयमा सुरक्षित यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक कनक शाहीको कमाण्डको ट्राफिक प्रहरी टोलीले बाँके नेपालगन्ज राँझा,रत्न राजमार्गमा विशेष चेकजाँच गरेको थियो। १७१ वटा सार्वजनिक सवारी चेकजाँच* गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ र ट्राफिक नियम उल्लंघन गर्ने ३५ वटा सवारीलाई कारबाही* […]

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]