२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

बाँके प्रहरीद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न : प्रहरी र समुदाय बीचको समन्वयमा वृद्धि गर्ने

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, माघ २६, २०८१

बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि सार्वजनिक सुनुवाइ’ कार्यक्रम सम्पन्न गरेको छ।

प्रहरीको शान्ति सुरक्षाको विषयमा स्थानीय जनतासँग राय सुझाव लिन र सम्भावित अपराधीक घटना न्यूनीकरण गर्न समुदाय प्रहरी र जनप्रतिनिधि बिच समन्वयकारी भूमिका कसरी स्थापित गर्न सकिन्छ साथै प्रहरीले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बाँकेको कार्यालयमा कार्यक्रम आयोजना गरिएको बाँके प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले बताउनु भयो ।

सुनुवाइमा सहभागीबाट उठेको प्रश्नको जवाफ दिँदै प्रहरी उपरीक्षक कार्कीले प्रहरीले स्थानीयलाई सुरक्षाको प्रत्याभूत गराउन बाँके प्रहरीले स्थानीयसँग हातेमालो गर्दै आएको बताउनु भयो । माथिल्लो निकायले दिएको गैर कानुनी आदेश पालना गर्न प्रहरी बाध्य नहुने र सुरक्षाका दृष्टिकोणले सबै समान रहेको प्रहरी उपरीक्षक कार्कीले जिकिर गर्नु भएको थियो ।

विभिन्न अपराधीका घटना, महिला हिंसा, लागु औषध लगायतका घटनामा कमी ल्याउन सबैको सहकार्य आवश्यक रहेको सार्वजनिक सुनुवाइमा बोल्ने वक्ताहरूले बताएका थिए ।जिल्ला प्रहरी कार्यालय बाँकेले जनतालाई कस्तो सेवा प्रदान गर्दै आएको छ ? प्रहरी जनमुखी भयो भएन शान्ति सुरक्षाको प्रत्याभूत गराउन कत्तिको सफल भएको छ ? यी र यस्ता विषयमा जनताको गुनासो के थियो ? भन्ने विषयवस्तुमा छलफल गरिएको थियो । त्यस्तै सार्वजनिक सवारीमा ज्येष्ठ नागरिकलाई छुटको सट्टा अभद्र व्यवहार हुने गरेको, खाल्डाखुल्डी सडकले सास्ती खेप्नु परेको, पहुँचका आधारमा प्रहरीले पीडितको कुरा सुन्ने गरेको गुनासो गरेका थिए ।

कार्यक्रममा उपस्थित व्यक्तिहरूको गुनासोलाई सरोकारवालाले सम्बोधन गरेपछि प्रहरी निरीक्षक शिबा थापाले भन्नुभयो,’स्थानीय जनता र जनप्रतिनिधिको सहयोग भएमा समाजमा हुने जस्तो किसिमका अपराध विकृति नियन्त्रण गर्न हाम्रो टिम सक्रिय हुने छौँ ।’
नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले प्रहरी जनता र जनप्रतिनिधिको समन्वय भएमा समाजमा हुने अपराध विकृति आत्महत्या बलात्कार जस्ता घटनामा कमी ल्याउन सकिने बताउनु भयो । समाजमा अपराध विकृति फैलिन सक्ने भन्दै आ-आफ्नो ठाउँमा प्रहरी स्थानीय जनता जनप्रतिनिधि सक्रिय हुनुपर्ने शाहको भनाइ थियो ।

गाउँघरमा पछिल्लो समय घरेलु हिंसा, अपराध,चोरी डकैती र बलात्कार जस्ता घटना बढदै गएकोले प्रहरीले यस्ता विषयमा कडाइ गर्न शाहले आग्रह गर्नु भएको थियो । प्रहरीले सामाजिक विकृतिविरुद्ध जनचेतना फैलाउन, अपराध रोकथाम गर्न, जनताको जनधनको सुरक्षा व्यवस्थापन तथा सवारी दुर्घटना कम गर्न, लागु औषध नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्न जिल्लाभर कार्यक्रम सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थापाले जानकारी दिनु भएको थियो । बाँके प्रहरीले गत साउन देखि हाल सम्म १७ वटा सार्वजनिक सुनुवाइ गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिनु भयो ‌।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य अशोक कोइराला, पत्रकार एवं अधिकारकर्मी आलम खान, शक्ति समूहकी प्रमुख निर्मला पौडेल, अधिकारकर्मी रेखा गुप्ता लगायत स्थानीय जनताहरूको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!