२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

आईतबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित आइतबार, माघ २७, २०८१

मेष :आजको दिन तपाईंको लागि शुभ रहनेछ। व्यवसायमा मनग्य लाभ हुनेछ र कामको चापबाट फुर्सद पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। परिवारजनको साथले नयाँ उत्साह मिल्नेछ|

बृष:आजको दिन मिश्रित फलदायी रहनेछ। राहु एकादश रहनाले सकारात्मक फल मिल्नेछ, सुख सुविधामा बढोत्तरी हुने र न्यायिक कार्यमा सफलता मिल्नेछ। घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ। केतु प्रतिकूल रहनाले धेरै मेहनेत गरेर थोरै मात्र प्रतिफल पाउन सकिएला।

मिथुन :आजको दिन तपाईंको लागि शुभ रहनेछ। शनि ग्रहले सकारात्मक फल दिनेछ भने बृहस्पति र केतुले हानी, नोक्सानी, आर्थिक उतारचढाव हुनसक्छ र नजिकका व्यक्तिसँग वादविवाद तथा दूरी बढ्न सक्छ। मनमा अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला।

कर्कट :आजको दिन तपाईंको लागि शुभ रहनेछ। वर्षभरि नै बृहस्पति र केतुले धनार्जनका नयाँ श्रोत र अवसर मिल्नेछ। शनि र राहुको प्रभावले भने शत्रु बढ्न सक्छन्, तर घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ। नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय प्राप्त हुनेछ।

सिंह :आजको दिन तपाईंको लागि सामान्य रहनेछ। शनि, बृहस्पति, राहु र केतुको प्रभावले कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी, वादविवाद, डर र चिन्ता जस्ता फल भोग्नु पर्ला। तर यदि जन्मकुण्डलीमा यी ग्रहहरूको अवस्था राम्रो भएमा नराम्रा फलको सामना गर्नु पर्दैन।

कन्या :आजको दिन तपाईंको लागि शुभ रहनेछ। राहु र शनिको कारणले आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ। रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ। घरपरिवारमा माङ्गलिक कार्य आयोजना हुनेछ। नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्नेछ।

तुला :आजको दिन मिश्रित फलदायी रहनेछ। यश, कृति, लाभ, र आफन्तको सहयोग मिल्नेछ। चमत्कारी ढङ्गले सफलता मिल्नेछ। बृहस्पति, शनि, राहु र केतुको कारण जातकहरूलाई गरेको कार्यमा उल्झन, ढिलासुस्ती, काम बिग्रने र चोटपटकको भय रहनेछ।

वृश्चिक:आजको दिन तपाईंको लागि शुभ फलदायी रहनेछ। बृहस्पति र केतुको अनुकूलताले बेलाबेलामा सुखको अनुभूति मिल्नेछ। विद्या र बुद्धिको विकास हुने साथै यश, कृति, लाभ, विजय, वाक्सिद्धि हुने र आफन्तको सहयोग मिल्नेछ।

धनु :आजको दिन मध्यम रहनेछ। शिक्षाक्षेत्र र न्यायिक कार्यमा विशेष सफलता मिल्नेछ। शनिको प्रभावले आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य र सफल यात्रा समेत हुनेछ। देवगुरु बृहस्पति, राहु र केतुको प्रभावले भने आरोप प्रत्यारोप, मानसिक चिन्ता बढ्नसक्छ।

मकर :
आजको दिन तपाईंको लागि शुभ नै रहनेछ। वर्षभरि नै राहु र बृहस्पतिको प्रभावले रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ। शुभ, धार्मिक यात्रा र मङ्गल कार्यको योग पनि रहनेछ। वर्षको मध्यमा समय राम्रै भएपनि अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला।

कुम्भ :आजको दिन मध्यम फलदायी वर्ष नै रहनेछ। बृहस्पति, राहु, केतु र शनिको साढेसातिको नकारात्मक प्रभावले झुटा आरोप, वादविवाद, डर र चिन्ता बढ्न सक्छ, तर भौतिक सुखमा भने बढोत्तरी हुनेछ। यदि जन्म कुण्डलीमा बृहस्पति र शनि उच्च, स्वगृह तथा मित्रगृह ग्रहहरू भए शुभ फल मिल्ने निश्चित छ |

मीन :आजको दिन तपाईंको लागि शुभ नै रहनेछ। पद प्रतिष्ठा र आर्थिक पक्ष राम्रो हुनेछ। कुनै कुराले अनुहारमा कान्ति र मनमा शान्ति मिल्नेछ। आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य हुने र धार्मिक यात्रा समेत हुनेछ। रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ।

माधवा शर्मा ज्यौतिषाचार्य तथा वास्तु विद्
सचिव-नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश ।
मनकामना ज्यौतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं – 9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!