१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

धनुषामा बम बिस्पोट हुँदा इन्सेपेक्टर सहित तिन जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, मंसिर २८, २०७६

ABC (क्राईमबिट)
जनकपुर मंसिर २८ धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक भएको बम विस्फाेटमा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ। गएराती भएको बिस्फोटमा घाइते भएका नेपाल प्रहरीका इन्स्पेक्टर अमीर दाहालको उपचारको क्रममा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी प्रध्युम्नकुमार कार्कीले जानकारी दिए।
छिरेश्वरनाथ ५ धनुषाका स्थानीय ४६ वर्षका राजेश साहको घरमा अज्ञात समूहले राखेको बम बिस्फोट हुँदा साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएक थियो। प्रहरीका अनुसार गएराति मध्यरातमा बम विस्फाेट भएकाे हाे।
राति करिब पाैने १२ बजे राजेशले शाैचालय जाने क्रममा घरकाे गेटमा बम राखेकाे झाेला झुन्डाएकाे देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टाेलीआएर बम राखिएकाे झाेला निकाल्ने क्रममा विस्फाेट भएकाे बताइएकाे छ।
बम बिस्फोटमा परी नेपाल प्रहरीका प्रहरी जवान रिजन महतो पनि गम्भीर घाइते भएका छन्। मृतक राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली पनि गम्भीर घाइते भएका छन्। जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो। घाइते सबैको उपचार भइरहेको डीआईजी कार्कीले बताए।
बिस्फोटमा ज्यान गुमाएका इन्स्पेक्टर दाहाल इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा कार्यरत थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!