२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा प्रहरी वृत्त,कीर्तिपुरको निरीक्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ २८, २०८१

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा प्रहरी वृत्त, कीर्तिपुरको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नव-निर्मित कार्यालय भवनको विभिन्न शाखाहरुको निरीक्षण पश्चात उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले नव निर्मित सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्दा प्रहरी कर्मचारीलाई सकरात्मक उर्जा प्रवाह हुने विश्वास व्यक्त गर्नु भयो । नेपाल प्रहरीको मुख्य जिम्मेवारी समाजमा शान्ती सुरक्षा कायम गर्नुका साथै अपराध अनुसन्धान भएकाले प्रहरी कर्मचारीले नागरिक मैत्री प्रहरी सेवा प्रवाह गरि गैर कानूनी क्रियाकलापलाई कडाईका साथ कानूनी दायरामा ल्याउन निर्देशन दिनुभयो । साथै प्रहरी कर्मचारीलाई समय समयमा हात- हतियार लगायत अपराध अनुसन्धान सम्बन्धी अनुशिक्षण प्रदान गर्दा प्रयाप्त मात्रमा अभ्यास हुने र त्यसले प्रहरी कार्यमा प्रभावकारीता बढ्ने समेत बताउनु भयो ।


कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!