२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

ड्युटीमा खटिएका प्रहरीमाथि निर्घात कुटपिट गर्ने युवाहरूलाई उन्मुक्ति दिने तयारी,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ २८, २०८१

 

काठमाडौं । महानगरपालिका–२७ स्थित छाया सेन्टर अगाडी ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि निर्घात कुटपिट गर्ने अनेरास्ववियुका नेतालाई उन्मुक्ति दिने तयारी गरीएको छ ।

माघ २४ मा मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरीलाई (एमाले) निकट अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीसहितको समूहले कुटपिट गरेका हुन् ।

आक्रमणमा संलग्न डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देल पक्राउ परेका छन् । फुलारा ठमेल स्थित अस्कल क्याम्पसको स्ववियु सह–सचिव हुन् ।

सिग्देल अनेरास्ववियु अमृत साइन्स क्याम्पस कमिटी सदस्य रहेको खुलेको प्रहरीले जानकारी दिएको छ । अनेरास्ववियुको अस्कल क्याम्पस कमिटी सचिव गोपालबहादुर शाही, क्याम्पस कमिटी सदस्य नवीन ऐर र सौजन्य शाहीलाई प्रहरीले फरार सूचीमा राखेको छ ।

तर, अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई प्रहरीले अनुसन्धानको दायरामा नै ल्याएको छैन । प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीलाई जोशी नेतृत्वको टिमले आक्रमण गरेको भए पनि उनलाई अनुसन्धानको दायरामा नल्याइएको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरी वृत्त दरबारमार्गमा एकजना अधिकृत भन्छन्,सिपाहीमाथि आक्रमण गर्नेहरूलाई विभागले नै जोगाएको छ ।’

प्रहरीमाथि आक्रमण गर्नेमा जोशीको संलग्नता नभएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन । पक्राउ परेकाहरूलाई पनि प्रहरीले कमजोर मुद्दा चलाएको छ । प्रमुख जिल्ला अधिकारीले निर्णय गर्ने गरी उनीहरू विरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको छ ।

अभद्र व्यवहार मुद्दाका प्रतिवादीहरू सामान्य धरौटीमा छुट्ने प्रचलन छ । माघ २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिको बिरुद्धमा बहस गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गर्नेहरू विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलेको थियो ।

तर, सुरक्षा ड्युटीमा खटिएकाहरूलाई प्रधानमन्त्रीका नाम लिएर निर्घात कुट्दा सामान्य मुद्दामा घटना डिसमिस पार्न खोजिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!