२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुटेपछि निस्केको पानी ४ घण्टापछि बल्ल रोकियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, माघ ३०, २०८१

 

काठमाडौं । विद्युत् प्राधिकरणको तार भूमिगत गर्दा बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि निस्केको पानी ४ घण्टापछि बल्ल रोकिएको छ ।

मेलम्ची खानेपानी आयोजनाबाट शाखा कार्यालयको पानी ट्यांकीमा सप्लाई गर्ने ५ सय एमएमको पाइप दिउँसो साढे २ बजे फुटेपछि बबरमहलबाट दक्षिणतर्फको सरकारी कार्यालय र बस्ती डुबानमा परेको थियो ।

उक्त पाइपमा आउने पानीको मुख्य ट्यांकीहरू बन्द गरेपछि साढे ६ बजे पछि मात्रै बन्द भएको हो ।

‘अहिले पानी बन्द भएको छ, अब हामी धमाधम काम गर्न थालेका छौं,’ फिल्डमा रहेको नगर प्रहरी निरीक्षक किशोर कुमार भट्टराईले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]