२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

दाङको तुलसीपुर महोत्सवमा जुवातास रोक्न ईलाका प्रहरी कार्यालय तुल्सीपुरलाई चुनौती ?

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण ०१, २०८१

दाङको तुलसीपुर महोत्सवमा जुवातास रोक्न ईलाका प्रहरी कार्यालय तुल्सीपुरलाई चुनौती ?

दाङ । तुल्सीपुर पछिल्लो समय दाङमा मेला महोत्सव लगाउने होडबाजि नै चलेको छ । माघि महोत्सव देखि ब्यापारीक महोत्सवलगाएत मेला महोत्सव विभिन्न समयमा लाग्दै आएका छन् । यी यस्ता मेला–महोत्सवहरुमा अवैध रुपमा जुवातास खेल्ने खेलाउने क्रम पनि बढ्दै गएको छ । विगत देखी नै मेला–महोत्सवमा जुवा खेल्ने क्रम मौलाउदै आएको पाइएको छ । मेला आयोजक तथा प्रहरी प्रशासनले नै नजरअन्दाज गर्दा यस्ता अवैध कृयाकलापहरुले झन प्रंसय पाइरहेका छन् । ठुलो धनरासीको जुवाका कारण कतिपय मानिस घरबासबिहिन भएको पनि प्रसस्तै उदाहरण छन् ।

तर, यस्ता कृयाकलाप नियन्त्रणमा सम्बन्धित निकाय बेखबर हुनु दुखद पक्ष रहेको भन्दै महोत्सवमा हुने अवैध जुवा नियन्त्रण गर्नुपर्ने आमनागरिकको भनाई छ । यता इलाका प्रहरी कार्यालय तुलसीपुरले भने जुवा कुनैपनि स्थानमा खेल्न नपाइने बताएको छ ।

अवैध जुवा नियन्त्रणमा प्रहरी सक्रिय रुपमा लागी रहेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जुवा खेल्ने कसैलाई पनि छुट नदिने बताउनुभयो । तुलसीपुरमा आजबाट सञ्चालन हुन लागेको महोत्सवमा पनि जुवा खेलेको पाइएमा कानुनी दायरामा ल्याउने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!