२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

कपिलवस्तु कृष्णनगर लागुऔषध कारोबारी तथा सेवनकर्ताहरु विशेष टोली नै खटाएर पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण ०१, २०८१

 

कपिलवस्तु । ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रहरी निरिक्षक सुरज खत्रीले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०८०/८१ मा छ वटा लागु औषध सम्बंधित मुद्दा दर्ता भएको तथा चालु आर्थिक बर्ष २०८१/८२ मा साउन देखि हाल सम्म लागु औषधको १८ वटा मुद्दा दर्ता भइसकेको तथा २७ पुरुष २ महिला हरू साउन देखि यता लागु औषधको मुद्दा चलाइएको  बताए।

जुन कृष्णनगरको इतिहासमा नै लागु औषध कारोबारी तथा सेवनकर्ता हरू यति धेरै पक्राउ परेको तथा लागु औषध करोबारी तथा सेवनकर्ता धमाधम पक्राउ भएकाले समाज र युवा पीढ़ीका लागि कुलत बाट बच्न राम्रो पहल गर्दै आएका निरिक्षक खत्रीको प्रशंसा समेत समाजसेवी हरु खुलेरै गर्ने गर्छन्।

सोही क्रममा माघ २९ गते मंगलवार साझ ८:३० बजेको समयमा कपिलवस्तु जिल्लाको कृष्णनगर वडा नं ३ ट्रान्समिटर भन्ने ठांउ बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने वस्तु सहित मानिस पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय कृष्णनगर बाट  खटिएको प्रहरी टोलीले शंकाष्पद रुपमा पैदल भारतबाट नेपालतर्फ आउदै गरेका देश भारत उत्तर प्रदेश जिल्ला बलरामपुर मदरहवा कला पोष्ट बिशनपुर टनटनवा भगगौर बस्ने वर्ष अंन्दाजी ३८ को पारस गौड्लाई रोकी चेकजाँच गर्दा निजको साथबाट ०२ (दुई) पुडिया लागु औषध ब्राउन सुगर जस्तो देखीने खैरो धुलो पदार्थ जसको शुद्ध तौल २७० (दुई सय सत्तरी) मिलिग्राम फेला पारेको थियो।

पारस गौड्लाई रित पुर्वक पक्राउ गरी सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट दिन सात दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए ।

निज पारस गौड् मिति २०८१।०२।२५ गते यस कार्यालयबाट चोरी मुद्वामा पक्राउ परी ३ महिना कैद भुक्तान गरी छुटेको समेत इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!