१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

नेपाल प्रहरीको आईजीपी बसन्त कुँवरको पदावधि थप हुने नहुने विधेयक गम्भीर विवादमा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण ०१, २०८१

 

काठमाडौं । एक महिनापछि नेपाल प्रहरीको नेतृत्व फेरिने लगभग निश्चित भएको छ । संसदमा दर्ता भएको प्रहरी विधेयकमा ३० वर्षे सेवाहद हटाउनेसम्बन्धि प्रावधान भएपनि विधेयक तत्काल पास हुने सम्भावना छैन ।विधेयकमा ३० वर्षे सेवाहद हटेको वर्ष अवकाश हुने अधिकारीको पदावधि ६ महिना थप हुने प्रावधान छ । जसअनुसार ५ चैतअघि नै विधेयक आएमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको कार्यकाल थप हुन सक्थ्यो ।
तर, गम्भीर विवादमा परिसकेको विधेयक एक महिनामा पास हुने सम्भावना नभएपछि अब ५ चैतमा नेपाल प्रहरीले आईजीपी पाउने अवस्था देखिएको हो । आईजीपी कुँवरले अवकाशअघि नै बिदामा बस्न समेत चाहेका छन् । प्रहरी स्रोतका अनुसार मिलेसम्म एक महिनाअघि नै बिदा बस्ने इच्छा उनले देखाएका छन् ।
तर, उनले बिदा पाउने सम्भावना न्यून छ । त्यसका लागि एक महिनाअघि नै सरकारले कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ । आईजीपीकै ब्याचकालाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना छैन ।५ चैतमा आईजीपीका मुख्य दाबेदार एआईजी दिपक थापा हुन् । उनलाई सुदिप गिरी र टेकबहादुर तामाङले पनि चुनौती दिने तयारी गरिरहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!