२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

राजस्व उठाउने मात्र ट्राफिकको काम होइन साथै दुर्घटना न्यूनीकरण गर्ने अभियान हो, प्रवीण आचार्य

Logo
बिदुर एमसी प्रकाशित आइतबार, फाल्गुण ०४, २०८१

बाँके । नेपालगन्ज अति जटिल रुपमा देखापरेको बाँकेको नेपालगञ्ज बजारको ट्राफिक समस्या र यसको व्यवस्थापन विषयमा गरिएको कुराकानी छलफल । वरिष्ठ सई तथा नेपालगञ्ज ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यशीत एबिसी सञ्चार भण्डार टिमका बिदुर एमसीले गरेका अन्तरवार्ता ।ट्राफिक प्रहरीले अनावश्यक रुपमा मानिसलाई दुखदिने, पैसा मागेर हैरान बनाउने र राजश्व असुलीमा लागेको भन्ने आम मानिसको बुझाइलाई आफू र आफ्नो मातहतका ट्राफिक प्रहरी कर्मचारीले त्यस्तो नगरेको स्पष्ट पारेका छन् ।

नियम कानून मिचेर लापरबाही गर्नेका लागि कडाइसाथ लागेको र नियम सम्मत चल्नेहरुका लागि सहयोगी बनेर प्रस्तुत हुने गरेको खुलस्त बताए ।

बाँके जिल्लाको नेपालगञ्ज शहरको रुपमा देखिन्छ तापनि यहाँका अधिकांश मानिसलाई ट्राफिक चिन्हहरुको मतलव नगरिदिने अवस्थाबारे आचार्यले गुनासो गरेका छन् । कति भन्दा सिकाउँदा पनि मान्दैनन् बरु उल्टै झगडा गर्न तम्सिन्छन्, उनको जवाफ थियो ।

विद्यालय र विभिन्न संघ संस्थाहरु सित मिलेर ट्राफिक सचेतना कार्यक्रम गरेपछि ट्राफिक नियमको केही पालना भएको र त्यसले गर्दा सडक दुर्घटनामा न्यूनीकरण भएको उनलेे उल्लेख गरे । ट्राफिक सिग्नल राखेपछि पनि ट्राफिक व्यवस्थापनमा सहजता आएको ट्राफिक प्रमुख प्रवीण आचार्यले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!