२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

राजश्व चुहावट र अपराध नियन्त्रणमा प्रहरी सक्रिय छ : लुम्बिनी प्रदेश डिआईजी : कार्की

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण ०४, २०८१

 

दाङ । तुल्सीपुर लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी दान बहादुर कार्कीले अपराध नियन्त्रणदेखी राजश्व चुहावट र दुर्घटना न्युनिकरणमा प्रहरी सक्रिय रुपमा लागिरहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी समालेको करिब दुई महिनाको अवधीमा प्रदेश र प्रदेश मातहतका प्रहरी इकाईहरुले गरेका कार्य प्रगतिबारे आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । सो अवसरमा गत माग महिनामा मात्रै ८७ हजार बढि सवारी साधन कारवाहीमा परेको उहाँले बताउनुभयो । चालु आर्थीक बर्ष २०८१/०८२ को माग महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने ८७ हजार ९ सय २५ वटा सवारी साधन कारवाहीमा परेको उहाँले बताउनुभयो । जसबाट ९ करोड ३९ लाख ९४ हजार ५ सय २१ रुपैयाँ राजश्वसमेत संकलन भएको छ । सो अवसरमा उहाँले विगतको तुलनामा प्रदेशमा समग्रमा सवारी दुर्घटनामा कमि आएकोसमेत बताउनुभयो । उहाँका अनुसार प्रदेशमा माग महिनामा सबैभन्दा धेरै ३१७ वटा मोटरसाइकल दुर्घटना भएका छन् । दोस्रोमा ५१ वटा कार, ४६ वटा अटो, ३४ वटा साइकल, २० वटा बस, १६ वटा टिप्पर, १५ वटा ट्रक÷ट्यांकर, १० वटा ट्याक्टर र ४ वटा माइक्रो दुर्घटनामा परेका छन् ।

माग महिनामा भएका यी सवारी दुर्घटनामा परी ४२ जनाको मृत्यु भएको छ भने ५५१ जना घाइते भएका छन् । यसैगरी प्रदेशमा चालु आर्थीक बर्षको पुस र माग महिनामा ३५ नाल (लामो हतियार) भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ भने ४ नाल छोटो हतियार, २७ राउण्ड गोली कठ्ठा र ९२६ थान छर्रा बरामद गरिएको छ । यस्तै चालु आर्थीक बर्षको माग महिनामा मात्रै प्रदेशका विभिन्न जिल्लामा गरेर ९८ जनाले आत्महत्या गरेका छन् । जसमा ८४ जनाले झुण्डिएर र १४ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् । चालु आर्थीक बर्षको पुष महिनामा प्रदेशभर ५८७ फरार अभियुक्तमध्य ४६९ जना पक्राउ परेका छन् भने माग महिनामा ७२९ फरार अभियुक्तमध्य ५६३ जना पक्राउ परेका छन् । यसैगरी पुष महिनामा ५३३ वटा अपराधका मुद्धा दर्ता भएकोमा माग महिनामा ५४६ वटा मुद्धा दर्ता भएको डिआइजी कार्कीले बताउनुभयो ।

यसैगरी पुस महिनामा लागुऔषधसम्बन्धि ५८ वटा मुद्धा दर्ता भएका छन भने माग महिनामा ५९ वटा मुद्धा दर्ता भएका छन् । यसैगरी पुस महिनामा हराएका ३०३ जना महिला बालबालिका तथा ज्येष्ठ नागरिकमध्य १५२ जना फेला परेका छन भने माग महिनामा ३३० जनामध्य १६५ जना फेला परेका छन् । पुस महिनामा फरार प्रतिबादी पक्राउ गरी फैसला कार्यान्वयन अन्र्तगत २७६ बर्ष, ८ महिना, १९ दिन कैद असुल गरिएको छ भने माग महिनामा २१२ बर्ष, २ महिना, २ दिन कैद असुल गरिएको डिआइजी कार्कीले बताउनुभयो । सोही अवधीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विभिन्न सचेतनामुलक कार्यक्रम पनि सञ्चालन गरिएको उहाँले बताउनुभयो । समग्रमा दुर्घटना न्युनिकरण, अपराध नियन्त्रण, राजश्व चुहावट नियन्त्रणलगाएतमा प्रहरीले सक्रिय रुपमा काम गरिहेको डिआइजी कार्कीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!