२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्न दाङ आइपुगे,

Logo
बिदुर एमसी प्रकाशित सोमबार, फाल्गुण ०५, २०८१

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष रूपमा सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङको देउखुरी आइपुग्नु भएको छ।

प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका छन् । उनी नेपाली सेनाको हेलिकप्टर (एनए ०६७) मार्फत् दाङ आएका हुन् ।

आज बस्ने लुम्बिनी प्रदेश सभाको बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नेछन् । सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री आचार्यमार्फत् प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका थिए । यो निमन्त्रणा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम गरिएको हो।

यसअघि, २०७५ साल वैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेश सभाको बैठकलाई पनि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका थिए ।

प्रदेश सभाको बैठकमा विशेष सम्बोधनपछि प्रधानमन्त्री ओली घोराहीमा आयोजना हुने सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!