२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

धनुषा प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा तीन जनालाई ५७ लाखसहित पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण ०५, २०८१

 

धनुषा । सिराहा कर्जन्हा नगरपालिका-९ का ३९ वर्षीय भुवनेश्वर राउत, भारत बिहार राज्य सितामढी थाना परिहार ग्राम पञ्चायत बराहीका ४२ वर्षीय जामुन नायक र जनकपुरधाम उपमहानगरपालिका-८ स्थित न्यू अनुष्का मनी ट्रान्सफर ट्रेडर्सका कर्मचारी सोही उपमहानगरपालिका-८ का २६ वर्षीय जेनिस साह रहेका छन्।

उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका-८ बाट पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उनीहरूको साथबाट स्रोत नखुलेको नगद ५७ लाख ८४ हजार ६ सय ३५ रुपैयाँ, तीन थान मोबाइल र एक थान ल्यापटप फेला परेको छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले भुवनेश्वर र जामुनलाई नगद १० लाख रुपैयाँ, जेनिसलाई ४७ लाख ८४ हजार ६ सय ३५ रुपैयाँसहित पक्राउ गरेको थियो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हुन्डी कारोबारले बैंक तथा वित्तीय कारोबारको दायित्व पूरा गरेको हुँदैन। राष्ट्र बैंकले लागू गरेको बैंकिङ प्रणालीभित्रबाट कारोबार नहुने भएकाले यस्तो कारोबारलाई ‘गैरकानुनी’ मानिएको हो।

नेपालमा बस्ने तर भारतीय व्यक्तिहरू समेत यो कार्यमा संलग्न हुने गरेका छन्। हतार-हतारमा कुनै कारोबार गर्नुपर्दा उनीहरू एजेन्टमार्फत् व्यक्ति-व्यक्तिका हातमा रकम पुर्‍याइदिने चाँजो मिलाउँछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!