धनगढी । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ४७८४ मिति २०८१ फाल्गुन ०२ गतेको पत्रले सदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीबाट जिल्ला प्रहरी कार्यालय रसुवा काज/सरुवा हुनु भएका प्रहरी नायव उपरीक्षक हेम बहादुर शहीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक श्री गणेश चन्द ज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भयो ।
सोही कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रदेश प्रहरी कार्यालयको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो । साथै बिदाई भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक ज्यूले आफ्नो बिदाई तथा मन्तव्यको क्रममा यस प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहँदाको बखत सुदूरपश्चिम प्रदेश प्रहरी परिवारले देखाएको सद्भाव, सदीक्षा र विश्वास प्रति आभार प्रकट गर्नुका साथै धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।