काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको मिति २०८१/११/०२ गतेको प्राप्त पत्रअनुसार जिल्ला प्रहरी कार्यालय, चितवनमा कामकाज गर्नेगरी खटिई जान लाग्नु भएका यस जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत प्र.ना.उ. रविन्द्र खनालको बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला प्रहरी परिसर काठमाडौंका कर्यालय प्रमुख प्र.ब.उ. विश्व अधिकारीले विदाई भई जान लाग्नुभएका प्र.ना.उ रविन्द्र खनाललाई कार्यालयको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो ।