१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

दाङ बारको निर्वाचनमा अध्यक्ष घिमिरे र उपाध्यक्षमा आचार्य विजयी

Logo
प्रकाशित आइतबार, मंसिर २९, २०७६

(सागर थापा)
नेपाल बार एशोसिएसन इकाइ दाङको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा घिमिरेले नेपाली कांग्रेस र नेकपा दुवै दलले समर्थन गरेका उम्मेदवार ऋषिराज न्यौपानलेलाई ४ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
जिल्ला बार दाङमा बागी बिजय,घिमिरेले हराए नेकपा र कांग्रेसको आधीकारीक उम्मेद्वारलाइ कोषाध्यक्षमा न्यौपाने प्यानलका ठाकुरप्रसाद गिरी निर्वाचित भएका छन्। उनले घिमिरे प्यानलका प्रेमबहादुर वलीलाई १३ मतले पराजित गरेका थिए। गिरीले ६४ मत प्राप्त गरेका थिए भने वलीले ५१ मत प्राप्त गरेका थिए। कोषाध्यक्षमा नेकपा निकट कानुनी व्यवसायीबीच प्रतिष्पर्धा भएको थियो। त्यस्तै सदस्यमा हरि वेल्वासे, भरत न्यौपाने, निर्मलेश्वरी दाहाल, निर्मला सुवेदी, ओमभक्त डाँगी, अच्युतराज न्यौपाने र नारायणप्रसाद रिजाल निर्वाचित भएका छन्।
बारमा १ सय २५ मत भएपनि १ सय २० मत खसेको निर्वाचन अधिकृत गिरीले बताए। शनिबार बिहान ९ बजेदेखि सुरु भएको मतदान बेलुका ४ बजे सकिएको थियो। दाङ बारको नेतृत्वको लागि शिवप्रसाद घिमिरेको प्यानल र ऋषिराज न्यौपानेको नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा थिए। छुटाछुटै प्यानल बनाएपनि दुवै जना अध्यक्षका उम्मेदवार नेपाली कांग्रेस निकट कानुन व्यवसायी हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!