११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

दाङ बारको निर्वाचनमा अध्यक्ष घिमिरे र उपाध्यक्षमा आचार्य विजयी

Logo
प्रकाशित आइतबार, मंसिर २९, २०७६

(सागर थापा)
नेपाल बार एशोसिएसन इकाइ दाङको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा घिमिरेले नेपाली कांग्रेस र नेकपा दुवै दलले समर्थन गरेका उम्मेदवार ऋषिराज न्यौपानलेलाई ४ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
जिल्ला बार दाङमा बागी बिजय,घिमिरेले हराए नेकपा र कांग्रेसको आधीकारीक उम्मेद्वारलाइ कोषाध्यक्षमा न्यौपाने प्यानलका ठाकुरप्रसाद गिरी निर्वाचित भएका छन्। उनले घिमिरे प्यानलका प्रेमबहादुर वलीलाई १३ मतले पराजित गरेका थिए। गिरीले ६४ मत प्राप्त गरेका थिए भने वलीले ५१ मत प्राप्त गरेका थिए। कोषाध्यक्षमा नेकपा निकट कानुनी व्यवसायीबीच प्रतिष्पर्धा भएको थियो। त्यस्तै सदस्यमा हरि वेल्वासे, भरत न्यौपाने, निर्मलेश्वरी दाहाल, निर्मला सुवेदी, ओमभक्त डाँगी, अच्युतराज न्यौपाने र नारायणप्रसाद रिजाल निर्वाचित भएका छन्।
बारमा १ सय २५ मत भएपनि १ सय २० मत खसेको निर्वाचन अधिकृत गिरीले बताए। शनिबार बिहान ९ बजेदेखि सुरु भएको मतदान बेलुका ४ बजे सकिएको थियो। दाङ बारको नेतृत्वको लागि शिवप्रसाद घिमिरेको प्यानल र ऋषिराज न्यौपानेको नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा थिए। छुटाछुटै प्यानल बनाएपनि दुवै जना अध्यक्षका उम्मेदवार नेपाली कांग्रेस निकट कानुन व्यवसायी हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सशस्त्र प्रहरीले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । दैनिक सयौँको आवतजावत हुने हुनाले सर्वसाधारणलाई सहजीकरण  र सहयोग गर्न  त्यस्तो टिम परिचालन गर्न लागिएको सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेलले बताए । बिहीबार प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजी पौडेलले भने, ‘सीमानामा बोर्डर इन्टर्याक्सन टिम गठन गरिँदै छ ।’ नेपाल […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा लागुऔषध दुर्व्यसन विरुद्धको सचेतनामुलक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बिहिबार,उत्सव कुञ्ज पार्टी प्यालेस, बसुन्धारा काठमाडौं महानगरपालिका वडा नं. ३, प्रहरी वृत्त महाराजगञ्ज, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगञ्ज चक्रपथ युवा क्लब महाराजगञ्ज युवालाई लागुऔषधको दुष्प्रभावबारे जानकारी […]

दाङ । सामाजिक अभियान्ता संदेश भण्डारी क्षेत्रीको नेतृत्वमा देउखुरीवासीको समस्या लिएर ध्यानाकर्षण पत्र बुझाउन यो मस्यौदा प्रयोग गर्न औपचारिक र प्रभावकारी बनाएको छ । देउखुरी क्षेत्रमा देखिएको विद्युत आपूर्ति सम्बन्धी समस्याप्रति ध्यानाकर्षण गराउँदै तत्काल समाधान गरिदिन अनुरोध गर्दै । श्रीमान् प्रमुख ज्यू, नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्र, दाङ हामी देउखुरी क्षेत्रका नागरिकहरू सामाजिक अभियान्ता […]

error: Content is protected !!