२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

मंगलबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित मंगलबार, फाल्गुण ०६, २०८१

मेष :-आम्दानीका दृष्टिले दिन राम्रो छ। साथीभाइ तपाईंको विपक्षीमा सक्रिय देखिन्छन्। आफूलाई राज्यको निगरानीमा भएको सोच्नुपर्ने दिन छ। परिवारमा मेलमिलाप हुनेछ। 

वृष :-बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। व्यापारमा लगानीको हिम्मत गर्नुपर्ने समय छ। परीक्षा भए आजको प्रयास सफल बन्नेछ। परिवारको साथ नहुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। 

मिथुन :-दिन सामान्य छ। अरू बोलेको सुन्दासमेत झर्को लाग्नसक्छ। आफूलाई संयम राख्न नसक्दा व्यवहारमा खटपटी बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। 

कर्कट :-दिन सामान्य छ। जन्मकुण्डलीमा शनिदेव अनुकूल भएमा सोचेका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। कार्यक्षेत्रमा गरेको संघर्ष सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। 

सिंह :-धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारमा विवाद हुने भएकाले बोल्दा सचेत बन्नुपर्ने छ। स्वास्थ्यमा सुधार हुनेछ। 

कन्या :-चन्द्रमा तपाईंको लग्न राशिमा पुगेका छन्। परोपकारमा सक्रिय भएमा सफलता मिल्नेछ। रोग नियन्त्रणका लागि भएको प्रयास सफल बन्नेछ। विपक्षी साथीले तपाईंलाई साथ दिने योग छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्नेछ। 

तुला :-सञ्चित धन खर्च गर्ने दिन छ। खर्च बढ्दा मन उदास बन्नेछ। रोग प्रतिरोधी क्षमता बढाउन शान्त बन्नुपर्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। 

वृश्चिक :-भाग्यको उदय हुने दिन छ। थालेको कामलाई निरन्तरता दिन सकेमा सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा चिसोबाट लाग्ने रोगको जोखिम रहेको छ। परिवारमा मेलमिलाप हुनेछ। 

धनु :-दिन सामान्य छ। व्यापारमा सचेत बन्नुपर्ने छ। राजनीतिको नाममा लुट हुने भएकाले यो क्षेत्रमा विशेष ध्यान दिनुपर्ने दिन छ। स्वास्थ्यमा भने सुधार हुनेछ। शिक्षाका क्षेत्रमा ढिलासुस्ती बढ्नेछ।

मकर :-आफ्नो बोलीका कारण पछुताउनु पर्नेछ। गुम्न लागेको लगानी हात लाग्नेछ। दाजुभाइसँगको सहकार्य सफल बन्नेछ। 

कुम्भ :-दिन सामान्य छ। शनिदेव जन्मकुण्डलीको तीन, ६ र ११ मा भएमा भने दिन सहज बन्नेछ। लगानीको क्षेत्रमा हात नबढाउनु राम्रो हुनेछ। परिवारमा मेलमिलाप हुँदा विपक्षीबाट पनि राहत मिल्ने योग छ।

मीन :-दैनिकी राम्रो छ। मनमा उल्लास बढ्नेछ। शिक्षामा समय दिन नसक्दा लक्ष्य
प्राप्त नहुने जोखिम छ। राजनीतिक क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्ने योग रहेको छ।

माधवा शर्मा -ज्योतिषाचार्य तथा वास्तु विद् ।
सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!