२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

उपत्यका अपराध अनुसन्धान प्रहरी टेकुले २४ जना भारतीय नागरिकहरू काठमाडौंबाट पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण ०६, २०८१

 

काठमाडौं । सोमबार राति बुढानीलकण्ठमा प्रहरीले छापा मारेर भारतीय नागरिकहरूलाई पक्राउ गरेको जनाएको छ । उनीहरूले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले छापा मारेर भारतीय नागरिकहरूसँग २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरेको उल्लेख गरेको छ ।

भारतीय नागरिकहरूले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपियाँ बराबरको अनलाइन जुवा कारोबार गरेको प्रहरी भनाइ छ ।

स्काई एक्सचेन्ज वेबसाइटमार्फत उनीहरूले अनलाइन गेम तथा जुवा खेलाउने गरेका थिए । वेबसाइटमा दिएको सम्पर्क गर्ने माध्यम ह्वाट्स एप, टेलिग्र्राममार्फत विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरी गेम खेलाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

चिनियाँ नागरिकहरूले अनलाइन लगायतका विभिन्न अपराध गरेको समाचार आइरहेका बेला भारतीय नागरिकहरूको समूह पनि अनलाइन् गेमको अपराधमा संलग्न रहेको फेला परेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!