काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेको सहकारी ठगी प्रकरणमा उनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको छ । अदालतमा आज उनको पहिलो तारेख रहेको बताइएको छ ।
यसअघि लामिछानेलाई न्यायाधीश माधवप्रसाद अधिकारीले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए थिए ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने र जिबी राईको संयुक्त रूपमा ५ करोड ८ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।
उक्त मुद्दाको थुनछेक आदेश आएपनि सुनुवाइ भने जारी छ ।