२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

सांसद मेटमणि चौधरीको आरोप : दीपक मल्होत्रासँग २० करोड लिएर एमालेको दशौं राष्ट्रिय महाधिवेशन आरोप,

Logo
Abc Sanchar प्रकाशित मंगलबार, फाल्गुण ०६, २०८१

काठमाडौं,। नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा पूर्वमन्त्री मेटमणि चौधरीले एमालेको १०औं राष्ट्रिय महाधिवेशन दीपक मल्होत्रासँग २० करोड रुपैयाँ लिएर सम्पन्न भएको गम्भीर आरोप लगाएका छन् । (सोमबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो गम्भीर आरोप लगाएका हुन् ।

उनले भने,‘२० करोड अनि पाँच विघा जमिन दीपक मल्होत्राले केपी ओलीलाई दिने सहमति, अहिले सर्वोच्च अदालतले गिरिबन्धु टि–स्टेटको जग्गामा केपी ओलीलाई कारबाही किन नगर्ने भनेर जवाफ मागिरहेको छ ।’

पत्रकार धमलाले बारम्बार गिरिबन्धुको कुरा गरेको भन्दै के तपाईंसँग उक्त प्रकरणमा भ्रष्टाचार भएको आधार छ भनेर सोधेको प्रश्नमा उनले भने,‘अनि तपाईंले सुन्नुभएको छैन ? एमालेको राष्ट्रिय महाधिवेशन कसरी सम्पन्न भयो ? त्यही मल्होत्रासँग २० करोड पैसा ल्याएर भएको हो, ठाउँ ठाउँमा बोलिरहेका छन् त । यो खोज्ने त तपाईंको जिम्मेवारी हो । २० करोड अनि पाँच विघा जमिन दिने सहमति भएको हो । प्रधानमन्त्री ओलीले पटक पटक आफू प्रधानमन्त्री हुँदा यहाँका बहालवाला सचिवले काम नगरेपछि सुदूरपश्चिमका सचिव टेकनारायण पाण्डेलाई ल्याएर यो काम गर्न लगाईयो । आखिर यो काम बेठिक थियो भनेर सर्वोच्चले उल्टाउने काम त गर्यो । सर्वोच्चले नै उल्टाउने काम गरेपछि फेरि पनि यो काम गर्न अध्यादेशमार्फत गर्न खोजिँदैछ, नियतमा खराबी छ । नियतमा कालो छ भन्ने कुरा बुझ्न सकिँदैन ।’

गिरिबन्धु र भुटानी शरणार्थी प्रकरणमा केपी ओलीकै नाम मुछिएको भएपनि ओलीले जवाफ दिनुको साटो मान्छेलाई थुन्ने काम गरेको भन्दै चौधरीले आलोचना गरे । ओलीको गतिविधिको कारणपनि अहिले उठेका प्रकरणमा ओलीको संलग्नता रहेको कुरा प्रमाणित गर्ने उनको दाबी छ । कम्बोडियामा लगानी रहेको कुरा उठाएकै कारण दुर्गा प्रसाईंलाई थुनिएको तर उठेको विषयमा कुनै जवाफ नदिएको भन्दै उनले प्रधानमन्त्री ओलीको आलोचना नै गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!