२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

मकवानपुर प्रहरीले बेवास्ता गर्दा बारामा गोरु बोकेको एउटा ट्रक पशु सेवा कार्यालयको नियन्त्रणमा,

Logo
रवि बर्णवाल प्रकाशित बुधबार, फाल्गुण ०७, २०८१

मकवानपुर । हेटौंडाबाट २५ वटा गोरु बोकेको बागमती प्रदेश ०३–००१ ख १४२४ नम्बरको ट्रकलाई बाराको पथलैयाबाट नियन्त्रणमा लिइएको हो। हेटौँडा–१५ स्थित रातोमाटे चौकीमै नियन्त्रणमा लिने प्रयास असफल भएपछि कार्यालयको टोलीले पछ्याउँदै पथलैयाबाट नियन्त्रणमा लिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरले जानकारी दिए।

सोमबार दिउँसो कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै उनले प्रहरीले सहयोग नगर्दा मकवानपुरका नाका पार गरेर गोरु सहितको ट्रक नियन्त्रणमा लिइएको बताए। सशस्त्र प्रहरी १४ नम्बर हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहसँगको समन्वयमा पथलैयास्थित राजस्व अनुसन्धानमा खटिएको सशस्त्र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको प्रमुख ठाकुरले बताए।

छानविनका क्रममा ती गोरु सलार्हीको नवलपुरमा लगेर २ दिन राख्ने र त्यसपश्चात् अर्को ट्रकमा हालेर बंगलादेश पठाउने योजना रहेको प्रमुख ठाकुरले जानकारी दिए।

लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर–१६ हेटौंडाको नाममा बिजक जारी गरिएको थियो। प्रतिगोरु ५ हजार रुपैयाँको खरिद बिल बनाएर कृषि प्रयोजन भनेर देखाइएको उनले बताए।

सो ट्रकले हेटौँडा उपमहानगरपालिकाको पशुहाट सेवा शुल्कबापत २५ गोरुका लागि ३ हजार रुपैयाँ बुझाएको छ। उपमहानगरपालिकाले गाई गोरु ढुवानी बापत उक्त शुल्क प्रतिगोटा २ सय रुपैयाँ निर्धारण गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!