२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले जेब्रा क्रसिङ्ग रंगरोगन गर्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण ०७, २०८१

बाँके । नेपालगन्ज सडक दुर्घटना बढेपछि संजीवनी अस्पतालको आग्रहमा ट्राफिक प्रहरी पोष्टले संजीवनी अस्पतालको अगाडीको सडकमा बनाइएको जेब्रा क्रसिङ्गको रंगरोगन गरेको नेपालगन्जका प्रमुख बरिष्ठ ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक प्रविण आचार्यले जानकारी दिए ।उनले भने, ’संजीवनी अस्पताल अगाडीको रोडमा बनाइएको जेब्रा क्रसिङ्गको रंगरोगन उडेर नदेखिने भएको थियो । अस्पतालले आग्रह गरेपछि ट्राफिक प्रहरीले पुनः रंगरोगन गरेको हो ।’

सुर्खेत रोडमा तिब्र गतिमा सवारी साधन गुड्ने गरेको छ, भने संजीवनी अस्पताल अगाडी सडक वारपार गर्नेको संख्या अत्यधिक छ । जेब्रा क्रसिङ्गको रंगरोगन उडेकाले सवारी दुर्घटना निम्तिने खतरा बढेको थियो । ’यो ठाउँमा एक त मान्छेको ओहोरदोहर अत्यधिक हुन्छ ।

त्यसैमा सडकमा बनाइएको जेब्रा क्रसिङ्गको रंगरोगन उड्दा सवारी दुर्घटना हुने खतरा थियो,’ उनले भने, ’जेब्रा क्रसिङ्गको चिन्हले सार्वसाधारणलाई सडक वारपार गर्न सहज हुने आशा गरिएको छ ।’

यसैबीच बरिष्ठ ट्राफिक प्रहरी नायब निरिक्षक आचार्यले बालबालिकालाई सडक दुर्घटनाबाट जोगाउन सचेतिकरण अभियान समेत थालेका छन् । उनले बिद्यालयबाट फर्किदै गरेका बालबालिकालाई जेब्रा क्रसिङ्ग र सडकमा हिड्ने बेला अपनाउनु पर्ने साबधानीका बारेमा जानकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!