दाङ । स्वर्गद्वारी नगरपालिका वडा नं ४ प्यूठान भिंगरी जारीखोलामा कुखुरा बोकेको जिप दुर्घटनामा परेको छ । धेरै कुखुराहरू मरे पनि मानवीय क्षति भने भएको छैन । ओरालोमा ब्रेक नलाग्दा गाडी दुर्घटना भएको चालकको भनाई छ । लु १ च ६४४८ नम्बरको जिप दाङ भालुबाङबाट कुखुरा बोकेर रोल्पा रुइनिबाङ जाँदै गरेको थियो । बिहान करिब साढे १० बजे दुर्घटना भएको थियो। स्थानीयको सहयोगमा जिउदो कुखुराको व्यवस्थापन गरि अर्को जिपमा राखेर रोल्पा पुराउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।