२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

नेपालगन्जको अस्तब्यस्त पार्किङ सडक पेटी व्यवस्थित बनाउदै ट्राफिक इन्चार्ज आचार्य

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण ११, २०८१

नेपालगन्जको अस्तब्यस्त पार्किङ सडक पेटी व्यवस्थित बनाउदै ट्राफिक इन्चार्ज आचार्यको अभियान जारी

बाँके । नेपालगन्ज ट्राफिक प्रहरी पोष्टका इन्चार्ज प्रबिन आचार्य अस्थाई प्रहरी नगर भवन नेपालगन्जका प्रहरी इन्चार्ज कुलबहादुर बिक जनप्रतिनिधिको संयुक्त टोलीले नेपालगन्जको मुख्य बजार सदरलाइन, त्रिभुवन चोक,त्रिबेणी मोड लगायत क्षेत्रको ट्राफिक पार्किङको व्यवस्थापन गर्न थालेको हो ।

जाताततै सवारी साधन पार्किंग गर्दा सर्वसाधारणलाई हिडडुल गर्न र सवारी साधन जाम भई ब्यापार ब्यबसायमा समेत असर गरेको स्थानीयहरुबाट जन गुनासो आए पछी ।

त्रिभुवन चोकको पूर्वी लाइनमा एकतर्फ मात्र पार्किंग गर्ने व्यवस्था मिलाएको ट्राफिक प्रहरीले सदरलाइनको बीच सडकमा पार्किंग गर्ने व्यवस्था मिलाएको ट्राफिक पोष्ट नेपालगन्जका ट्राफिक प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक प्रबिण आचार्यले बताए ।

त्रिभुवन चोक, सदरलाइन र त्रिबेणी मोड क्षेत्रको ट्राफिक व्यवस्थापन गर्न थालिएको अभियानलाई नियमित गरिने भएको छ । यात्रुको सहजताका लागि उक्त क्षेत्रमा जेब्रा क्रसिङ्गको व्यवस्था समेत गरिने आचार्यले बताए ।

ट्राफिक प्रहरीले पैदल यात्रुलाई सडक पेटीवाट हिड्न समेत सिकाउन थालेको छ भने ब्यापारीले सडक पेटीमा राखेको सामान हटाएर आउजाउ गर्न सहज बनाएको छ । ट्राफिक प्रहरीले सडक व्यवस्थित बनाएपछि सदरलाइन, त्रिभुवन चोक र त्रिबेणी मोडका ब्यापारी समेत खुसी भएका छन् । सडक व्यवस्थित बनाउने कार्यलाई नियमित गर्न स्थानीय ब्यापारीले समेत आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!