२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कपिलवस्तुको कृष्णनगरबाट १४ किलाे बढी चरेससहित ३ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण ११, २०८१

कपिलवस्तु । कृष्णनगरबाट चरेससहित ३ जना पक्राउ परेका छन् । प्रहरीले १४ किलाे ७ सय ७४ ग्राम लागु औषध चरेससहित उनीहरुलाई पक्राउ गरेकाे हाे ।

कृष्णनगर नगरपालिका-२ यात्रुगेट स्थित शंकास्पद रुपमा नेपालबाट भारततर्फ जाँदै गरेकाे अवस्थाका प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहररुकाे साथबाट चरेस जस्तो देखिने पदार्थसहित २ महिला र १ पुरुष पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा राेल्पाकाे थवाङ गाउँपालिका-५ का ४८ वर्षीय प्रेम सरी राेका, रुकुमकाे भुमे गाउँपालिका-२ का ३६ वर्षीय सरिता पुन मगर र राेल्पाकै उवा साविक गाविस हाल कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका- ९ का ६६ वर्षीय सुकलाल घर्ती मगर रहेका छन् ।

सेतो प्लाष्टिकमा पोको पारी सेतो कार्टुन टेपले बेरी पोका पोका बनाई बाहिरबाट सेतो कोरा कपडाले छोपी धागोले सिलाई बेल्ट बनाई कम्बरमा बाँधी लुकाई छिपाई राखेको अवस्थामा प्रेम सरी रोकाको साथबाट ५ किलो ९ सय ६८ ग्राम, सरिता पुन मगरकाे साथबाट ५ किलाे ६ सय ६८ ग्राम र सुकलाल घर्ती मगरकाे साथबाट ३ किलाे १ सय २८ ग्राम चरेससहित माेबाइल ३ थान बरामद भएको प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए । जिल्ला अदालतबाट १० दिनकाे म्याद थप भई अनुसन्धान कार्य भइरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]