२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

नेपाल प्रहरीका १२ जना (इन्स्पेक्टर) हरुको काज सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण १२, २०८१

काठमाडौं । नेपाल प्रहरीका १२ जना प्रहरी निरीक्षकको काज सरुवा भएको छ ।डीएसपी बढुवा भएपछि रिक्त रहेका कार्यालयमा प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो । उनीहरुलाई आवश्यकता अनुसार काज खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी निरीक्षकहरुलाई अर्को आदेश नभएसम्मको लागि काज खटाइएको छ । खटिएको स्थानमा अबिलम्ब हाजिर हुन पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।प्रहरी प्रभाग पुल्चोकमा इन्सपेक्टर गम्भीर जङ थापाको सरुवा भएको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा नितेश कुमार सिंहको काज सरुवा गरिएको छ ।यसैगरी चक्र बहादुर देउवाको जिल्ला ट्राफिक कार्यालय कैलालीमा काज सरुवा भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!