२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

अडियो बाहिरिए पछि बागमती प्रदेशका मन्त्री स्वकीय सचिवले विष खाएर उपचारका क्रममा मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण १३, २०८१

अडियो बाहिरिए पछि बागमती प्रदेशका मन्त्री स्वकीय सचिवले विष खाएर उपचारका क्रममा मृत्यु

मकवानपुर । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको छ । सोमबार काठमाडौँ, कलंकीस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

थापाले सोमबार आफ्ना साथीको कोठामा विषादी सेवन गरेका थिए । कोठामा अचेत अवस्थामा फेला परेका थापालाई तत्काल अस्पताल लगिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

धादिङ, धुनीबेसी ९ घर भएका ३६ वर्षीय थापाले कलंकीस्थित एक साथीको डेरामा दिउँसो २ बजे विषादी सेवन गरेको प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

बोहराका अनुसार कोठामा कोही नभएको मौका पारेर थापाले विषादी सेवन गरेको घटना विवरण प्राप्त भएको छ । कोठामा थापाका दाइ पुग्दा अचेत अवस्थामा भेटिएपछि तत्काल उपचारको लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल पुर्‍याइएको र उपचारको क्रममा साँझ ६ः३८ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको एसपी बोहराले बताए ।

थापाको साथबाट एक पेजको पत्रसमेत बरामद भएको बोहराको भनाइ छ । सो पत्रमा सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख रहेको उनले जानकारी दिए ।

थापा गत शुक्रबार मन्त्री श्रेष्ठसँगै काठमाडौँ गएका थिए । आइतबार थापाकी छोरीको जन्मोत्सव मनाउन हेटौँडा नफर्की काठमाडौँमै बसेका थिए । काम विशेषले मन्त्री श्रेष्ठ शनिबार रौतहटमा जानुपर्ने भएकाले थापालाई काठमाडौँमै छोडेर फर्किएका थिए ।

आइतबार छोरीको जन्मोत्सव मनाएर उनी राति १० बजे कोठाबाट बाहिरिएका थिए । सो पश्चात् उनी परिवारको सम्पर्कमा थिएनन् ।

सुमेरु सहकारीका विषयमा गत आइतबार सार्वजनिक भएको अडियोका सन्दर्भमा थापाको नाम घटनामा जोडिएको प्रहरीको भनाइ छ । सुमेरु सहकारीका पूर्वसचिवसमेत रहेका विनोद आचार्यसँग सो सहकारीको समस्या मिलाउने विषयमा कुराकानी भएको भनिएको अडियो क्लिप सार्वजनिक भएको मन्त्री श्रेष्ठले बताए । सो अडियोमा धादिङका एक जनाको आवाजसमेत रहेको र ती व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछपछि प्रहरी रिहा गरेको पाइएको छ ।

अडियो क्लिपको बारेमा सामान्य सोधपुछपछि ती व्यक्तिलाई छाडिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । सो अडियो क्लिप परीक्षणको क्रममा रहेको र सो पश्चात् थप प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।

प्रहरी परिसरले मृतक थापाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

मृतक थापाको साथबाट प्राप्त पत्रमा मन्त्री श्रेष्ठ र सचिवालयले राम्रो काम गरेकाले बदनाम गर्न आफ्नो अडियो सम्पादन गरी प्रयोग गरेको विवरण रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

थापाको शव टिचिङ अस्पतालमा राखिएको छ भने घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ । स्वकीय थापाको अडियोमा उल्लेख भएको सुमेरु सहकारीलाई मन्त्रालयले गत पुस २८ मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।

सो सहकारीले मन्त्रालयको निर्णयको विरुद्धमा सर्वोच्चमा रिटसमेत दायर गरेर अल्पकालीन आदेश लिएको छ । उक्त सहकारीको विषयमा सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!