काठमाडौं । इन्डोनेसियाको सुलावेसी टापुको तटमा बुधबार भूकम्प गएको छ ।
संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार बुधबार इन्डोनेसियाको सुलावेसी टापुको तटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
अहिलेसम्म क्षतिको खबर आएको छैन ।
भूकम्पको केन्द्रबिन्दु सुलावेसी प्रान्त नजिकै १० किलोमिटर गहिराइमा रहेको थियो ।