२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

पश्चिम् रुकुममा गुडिरहेको एक मोटरसाइकलमा एक्कासी आगलागी,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण १४, २०८१

रुकुम । पश्चिमको चौरजहारी नगरपालिका
१, बसपार्क नजिकै गुडिरहेको एक मोटरसाइकलमा एक्कासि आगो लागेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार बुधबार बिहान नगरपालिका १०, निवासी विजय देवकोटाले चलाएको रा ५ प ५१८५ नम्बरको मोटरसाइकलमा एक्कासी आगो लागेको हो। नजिकै रहेको पेट्रोल पम्पबाट पेट्रोल हालेर फर्कने क्रममा मोटरसाइकलमा आगो लागेको हो। पेट्रोल लिक भएर प्लकको झिल्कोको कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रहरी निरीक्षक ऋषि पाठकले चालक देवकोटा र पछाडि सवार रहेका प्रदीप ढकाललाई भने केहि पनि नभएको जानकारी दिनुभयो। आफैले चलाएको मोटरसाइकलमा आगो दन्किएपछि मोटरसाइकल छोडेर ज्यान जोगाउन सफल भएको देवकोटाले जनाउनुभयो। चालक देवकोटाले भाग्यले बाँच्न सफल भएको र साथमा मोटरसाइकलमा सवार प्रदीप ढकाललाई पनि केही नभएको जानकारी दिनुभयो। मोटरसाइकल भने जलेर नष्ट भएको छ।

पेट्रोल पम्पबाट करिब २० मिटर यता आएको बेला एक्कासि आगो दन्किएपछि मोटरसाइकल छोडेर भागेको अधिकारीले जानकारी दिनुभएको छ। मोटरसाइकलका धनी भने चौरजहारी नगरपालिका वडा नम्बर ६ निवासी दिनेश बोहरा रहेको बुझिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!