१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

कोहलपुर महोत्सवमा राजनिति आफुले लगाउँदा ठिक अरुले लगाउँदा बेठिक’

Logo
प्रकाशित बिहिबार, पुष ०३, २०७६

एबिसी सम्बादाता
बाँके पुस ३ कोहलपुर महोत्सवमा उद्योग वाणिज्य संघको राजनिति
महोत्सव लगाउने विषयले कोहलपुर तातिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर समितिले महोत्सवको तयारी सुरु गरिसकेको छ । महोत्सवकालागि आवश्यक पुर्वाधार निर्माण सुरु गरिसकेको घरेलुले यहि पौष २४ देखि माघ ५ गतेसम्म ‘तेस्रो प्रादेशिक, ओद्योगिक, लघु, घरेलु कृषि तथा प्रविधि प्रदर्शनी, ब्यापार एवं पर्यटन महोत्सव-२०७६’ को तालिका सार्वजनिक गरिसकेको छ ।
घरेलुका अलावा होटल ब्यवसायी संघ बाँके र उद्योग वाणिज्य संघले समेत महोत्सव संचालनकालागि मिति सार्वजनिक गरिसकेका छन । तर अन्तिम समयमा आएर वाणिज्य संघले महोत्सवका कारण कोहलपुरको सुरक्षा ब्यवस्थामा खलल पुग्ने भन्दै विज्ञप्ती सार्वजनिक गरेको हो । बिगतका वर्षमा एकलौटी रुपमा महोत्सव लगाउँदै आएको कोहलपुर उद्योग वाणिज्य संघले महोत्सवका कारण कोहलपुर क्षेत्रको शान्ति सुरक्षामा खलल पुग्ने धारणा सार्वजनिक गरेसँगै कोहलपुरको माहोल तातिएको हो ।
मंसिर २८ गते एक विज्ञप्ती जारी गर्दै वाणिज्य संघले महोत्सव नलगाउन अप्रत्यक्ष रुपमा सबैलाई उर्दी जारी गरेको हो । वाणिज्य संघको यस्तो रवैया प्रति स्वयं ब्यापारीहरु असन्तुष्ट देखिएका छन ।
यसैबिच पौष २४ देखि माघ ५ गतेसम्म महोत्सव संचालनको तयारीमा रहेको घरेलु महासंघले महोत्सवका नाममा वाणिज्य संघले राजनिति गर्न खोजेको बताएको छ । घरेलु महासंघ कोहलपुर समितिका महासचिव चिन्तामणी उपाध्यायले वाणिज्य संघले महोत्सव लगाउन नसक्ने स्थिती देखेपछि अरुलाई समेत रोक्ने प्रयास भईरहेको भन्दै वाणिज्य संघको विज्ञप्तीले आफुहरुलाई कुनै प्रभाव नपरेको स्पष्ट पारे । एउटै हैसियतका संस्थाहरुको अस्वित्व स्विकार्न नसकेको वाणिज्य संघले महोत्सवका नाममा राजनिति गर्न खोजेको आचार्यले दावी गरे । महोत्सव संचालनकालागि सबै तयारी पुरा भईसकेकाले निर्धारित मिति मै महोत्सव संचालन गरिने आचार्यले दावी गरे ।
वाणिज्य संघले हेपाहा मानसिकताबाट विज्ञप्ती जारी गरेको होटल ब्यवसायी संघ कोहलपुर बाँकेका अध्यक्ष एक नारायण चापागाँईले बताए । घरेलुको महोत्सव लगत्तै फुड फेस्टीभल तथा कोहलपुर महोत्सव लगाउने तयारीमा जुटेको होटल ब्यवसायी संघ वाणिज्यको विज्ञप्तीबाट पछि नहट्ने चापागाँईले स्पष्ट पारे । सधैं एउटै संस्थाले मात्र महोत्सव लगाउनुपर्ने मानसिकताबाट बाहिर निस्कन समेत उनले सबैलाई आग्रह गरेका छन । चापागाँईले निर्धारित मितिमै महोत्सव संचालन गर्ने गरी तयारी सुरु गरिएको जानकारी दिए !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उनको भनाइ छ । पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब रु एक अर्ब ५० […]

(एबिसि संचार )                                                                          भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । भक्तपुर […]

मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा भारतबाट BR05AL 6139 नम्बरको भारतीय मो.सा.मा लागु औषध तथा सानो हतियार साथमा लिइ वीरगञ्जभित्र प्रवेश गर्दै गरेको छ भन्ने सूचना प्राप्त । वारदात मिति,समय र स्थान:- मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ भुटनदेवी मन्दिर अगाडी सडकखण्डमा । प्रहरी परिचालन: घटनाको सूचना प्राप्त हुनसाथ […]