१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

नेपाल सरकारले अब देशभर ११४ वटा सशस्त्र चेकपोष्ट राख्दै

Logo
प्रकाशित बिहिबार, पुष ०३, २०७६

एबिसी सम्बादाता
काठमाडौं पुस ३ नेपाल सरकारले सीमामा सशस्त्र चेकपोष्ट थप गर्ने निर्णय गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सीमामा सशस्त्र चेकपोष्ट ११४ वटा थप गर्ने जानकारी दिएका हुन्। यसअघि सीमामा १०७ वटा सशस्त्रको चेकपोष्ट थियो। चेकपोष्ट थप गरिएसँगै अब २२१ वटा चेकपोष्ट हुनेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका २३१ जना असईहरूलाई सोही समूहको सई पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार सबैको जानकारीका लागि प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दाङ । राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड ४ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशनमा उपाध्यक्ष कमलापति चौधरीले बजेट वक्तव्य पेश गर्दै आगामी वर्षका लागि उक्त बजेट सार्वजनिक गर्नुभएको हो।

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

error: Content is protected !!