२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

प्र्याङ्कको नाममा सर्वसाधारणलाई हैरानी दिएर साम्प्रदायिक सद्भाव बिगार्ने ३ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ १२, २०८३

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी
प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता २०७४* अनुसार:
– *दफा १५८*: साम्प्रदायिक सद्भाव बिगार्ने, घृणा फैलाउने कसुर
– *दफा ४७*: कसैको गोपनीयता, सम्मानमा आघात पुर्‍याउने कार्य
– *दफा २९१*: सार्वजनिक शान्ति भंग गर्ने नियतले भिडियो बनाउने

“म त मजाक गरेको हुँ” भनेर पन्छिन मिल्दैन। प्र्याङ्कको सीमै यही हो – अर्काको इज्जत, धर्म, संस्कृतिलाई नछुने।

कन्टेन्ट बनाएर पहिले यो भिडियोले कसैको भावना दुख्छ कि? समाजमा आगो लगाउँछ कि?सहमति जरुरी भिडियोमा देखिने व्यक्तिको अनुमति बिना पोस्ट गर्नु आफैमा अपराध हो। भाइरल भन्दा सद्भाव ठूलो १ लाख भ्यूजका लागि जेल जानु हुँदैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]