२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

डीआईजी दीपक कुमार अधिकारीद्वारा नेपाल एपीएफ स्कुल, कोहलपुरको विद्यालय अनुगमन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ १२, २०८३

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत गरेका थिए।

भ्रमणका क्रममा डीआईजी अधिकारीले छात्रावास, शैक्षिक भवन, भोजनालय, शिक्षक कक्ष तथा विद्यालयका अन्य भौतिक संरचनाहरूको निरीक्षण तथा अवलोकन गरेका थिए। यस अवसरमा विद्यालय कमान्डेन्टले पावरपोइन्ट प्रस्तुतीकरणमार्फत विद्यालयको शैक्षिक, प्रशासनिक तथा अन्य समग्र गतिविधिबारे जानकारी गराएका थिए।निरीक्षणपछि डीआईजी अधिकारीले विद्यालय परिवारलाई शिक्षा, अनुशासन र कार्यसम्पादनका हरेक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने लक्ष्यका साथ समर्पित भएर अघि बढ्न प्रेरित गर्दै संस्थाको गुणस्तरलाई अझ उचाइमा पुर्‍याउन सबैले निरन्तर मेहनत गर्नुपर्नेमा जोड दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]