१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

आइतबार तपाईहरुको राशिफल

Logo
ABC-Sanchar प्रकाशित आइतबार, चैत्र ०३, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन सामान्य रहनेछ। श्रमको फल खोज्ने जमात सक्रिय भएकाले व्यवहार गर्दा सचेत रहनुहोस्। व्यापारमा फाइदा हुनेछ। साथीभाइबाट असहयोग हुन सक्ने भएकाले सतर्क रहनु उचित हुनेछ। 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यवहारमा संकट आइपर्ने जोखिम छ। अरुको सेवा गर्दा आफ्नो ख्याल गर्न भुल्ने बानीले घाटा हुन सक्छ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा चिन्ता र त्रास बढ्नेछ। राजनीतिक क्षेत्रमा राज्यले निगरानी राख्नेछ। औषधी नियमित सेवन नगर्दा रोगले सताउने जोखिम छ। परिवारको साथ र सहयोगमा अगाडि बढ्नुपर्ने समय छ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन सामान्य राम्रो छ। लगानी गरेको भए फाइदा हुनेछ। आज बनाएको योजना दीर्घकालसम्म सञ्चालन हुने भएकाले सोचेर काम गर्नुपर्ने समय आएको छ। परिवार भन्दा बाहिरको कुरा बुझ्नु आवश्यक देखिन्छ। 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दिन राम्रो छ। कृषि र फलफूलको कारोबारमा फाइदा हुनेछ। जग्गाको कारोबारबाट राम्रो नाफा प्राप्त हुनेछ। परिवारसँग रमाइलो घुमघामको तय हुनेछ। यात्राले मन शान्त बन्नेछ। 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन राम्रो छ। साथीले प्रशंसा गर्नेछन्। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रतिभाको प्रदर्शन गर्ने समय आएको छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन राम्रो छ। परिवारका सदस्यसँग भेटघाट हुनेछ। आम्दानीबाट नाफा हुनेछ। विदेशमा गरेको लगानी भए राम्रो आम्दानी हुनेछ। निजी क्षेत्रमा गरेको लगानीले उत्साह मिल्नेछ। 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
दिन राम्रो छ। स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ। शत्रु बढ्नेछन्। काम बन्नेछन्। धार्मिक कार्यमा सहभागी भएर मात्र यात्रा गर्नु उचित हुनेछ। परिवारमा खटपटी बढ्नेछ। 

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
दिन राम्रो छ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर मात्र यात्रा गर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभ ग्रहको साथ रहेको छ। सोचेको काम बन्नेछ। साथीभाइले साथ र सहयोग गर्नेछन्। धार्मिक क्षेत्रमा घुमघाम चल्नेछ। यात्राले नयाँ शिक्षा प्राप्त हुनेछ। मध्य साढेसाती दशा भएकाले धार्मिक कार्यमा सहभागी हुनु उपयुक्त हुन्छ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। सुरुवाती साढेसाती दशा रहेकाले मन अशान्त बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ।माधवा शर्मा ।

ज्योतिषाचार्य एवं वास्तु विद् ।
फोन नं-9848060799
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र क लाईन जेसिस चोक दाङ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अर्घाखाँचीका तत्कालीन डिएसपी दिवस जिसीमाथि तीन वर्षअघिको एउटा अनुसन्धानमा लापरबाही गरेको आरोपमा छानबिन शुरु भएको छ । २०८० साउन २६ गते भएको अर्घाखाँचीको भूमिकास्थान ७ का ४५ वर्षीय पदम केसीको मृत्यु प्रकरणमा लापरबाही भएको जनाउँदै जिसीमाथि छानबिन थालिएको हो । त्यतिबेला हातहतियार खरखजाना भवितव्यमा अनुसन्धान गरिएको उक्त मुद्दामा हालका अर्घाखाँची प्रहरी प्रमुख रहेका […]

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

error: Content is protected !!