०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

घोराही उपमहानगरपालिकाद्वारा संचालित कृषि उपज बजार केन्द्र मण्डीको हाटबजार अनुगमन

Logo
ABC-Sanchar प्रकाशित सोमबार, चैत्र ०४, २०८१

दाङ । घोराही उपमहानगरपालिका किसानमैत्री बनाउन र आम नागरिकहरुको आवागमनलाई सरल र सहज बनाउन उपमहानगरपालिकाका सरोकारवाला शाखाहरुले बिहान ४:०० बजे नै त्यहाँको समिती र टोलसङ्ग समन्वय गरि स्थलगत अनुगमन गरि तपशील बमोजिमका नियमहरु सम्बन्धितले अनिवार्य रुपमा पालना गर्नुपर्ने अन्यथा नियमानुसार जरिवाना समेत गर्ने ब्यबस्था गरेको छ :
तपशील :


१). कृषि बजार केन्द्रको गेटबाहिर, आसपासका सडक फूटपाथ र गेटदेखी भित्र तर्फका दुवै पर्खालछेउका स्थानमा कसैले पनि कुनै ब्यवसायिक गतिविधि गर्न पाइनेछैन ।
२). कृषि बजार केन्द्रका स्टल व्यापारीहरुले आफ्नो स्टलबाट नै ब्यापरिक कार्य गर्ने, खुल्ला रुपमा गर्नुपर्ने भएमा आफ्नो अगाडिको ढलान गरेको खुल्ला ठाउमा किसानलाई प्रभाव नपर्ने गरि बिक्रीवितरण गर्ने तर किसानलाई छुट्टाइएको खुल्ला जमिन क्षेत्रमा भने व्यापारीहरुले बिक्रीवितरण गर्न पाइने छैन ।
३).कृषि बजार केन्द्र भन्दा बाहिरका सटर ब्यबसायीहरुले भित्र ब्यापारिक गतिविधि गर्नुपरेमा अनिवार्य रुपमा कृषि बजार केन्द्रका स्टलहरु भाडामा लिनुपर्ने र स्टल ब्यापारीहरुले पालना गर्नुपर्ने उपरोक्त नियमहरु पालना गरि ब्यावसायिक गतिविधि गर्नुपर्नेछ ।
४). त्यहाँ कसैले पनि व्यावसायिक गतिबिधी गर्दा आम नागरिक र उपभोक्ताहरुको दोहोरो आवागमनलाई सहज बनाउनुपर्ने छ ।
५). कृषि बजार केन्द्रको गेट बिहान ४:०० बजेदेखि नै खोलिने भएकाले बिक्रीवितरणका लागी सवारी साधन खास गरि अटो , रिक्सा र मोटरसाइकलबाट सामान भित्र ल्याउने ब्यापारीहरुले ४:४५ सम्म सामानहरु भित्र ल्याइसक्नुपर्ने छ र कुनै पनि सवारी साधनहरु ४:४५ बजे पछि भित्र प्रबेश गराइनेछैन ।
६). आम उपभोक्ता सहित ब्यापारी ,किसान सवैका सवारी साधनहरु बिहान ९ बजे सम्मका लागि गेटबाहिरको मुलसडकको पुर्व तर्फ पार्किङ गरेर राखिनुपर्ने छ ।
७).यो सम्पुर्ण कार्यको निगरानी घोराही उपमहानगरपालिकाको नगर प्रहरी, त्यहाँको कृषि उपज बजार समिती र सम्बन्धित टोलको आपसी सहयोग र समन्वयमा हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही चैनपुर क्षेत्रमा पिउने पानीको समस्या निराकरण गर्नको लागि घोराही बनाऔँ अभियानले विशेष पहल गर्ने भएको छ। सो क्षेत्रका ६०० बढी घरधुरीलाई पिउने पानीको व्यवस्था गर्नको लागि सुरु भएको खानेपानी आयोजना पूर्णता नपाएपछि हाल त्यहाँ पिउने पानीको व्यापक समस्या छ । व्यवस्थित रुपमा पानी ट्याङ्की निर्माण भइसक्दा समेत पाइपलाइनिङ लगायतका कामहरू रोकिएकाले स्थानीयवासीले […]

प्रधानमन्त्री सुशीला कार्कीद्वारा बुधबार पशुपतिनाथको दर्शन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरमा दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेकी हुन्। कार्कीले मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप […]

काठमाडौं । धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला ढकमक्क मञ्जरीले भरिएका छन्। अघिल्लो वर्षको तुलनामा यस वर्ष आँपका बोटमा प्रशस्त मञ्जरी लागेकाले स्थानीय किसान उत्पादन बढ्ने अपेक्षामा छन्। धनगढी जस्तै जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको छ। अधिकांश बोटमा राम्रो मञ्जरी लागेकाले यस वर्ष उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सिरहाले […]

error: Content is protected !!