१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

पुर्वी रुकुमको स्वास्थ चौकी भवन निर्माणको नि:शुल्क जग्गादान

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

एबिसी सम्बादाता
रुकुम पुस ५ रुकुम (पूर्व) को सिस्ने गाउँपालिका ६ मा रहेको ढकालबारामा स्वास्थ्य चौकी निर्माणका लागि निःशुल्क जग्गादान गरिएको छ । स्वास्थ्य चौकी भवन निर्माणका लागि सिस्ने गाउँपालिका–६ निवासी ८० वर्षीय समाजसेवी चन्द्रबहादुर बुढाथोकी र धनबहादुर बुढाथोकीले पाँच–पाँच सय वर्गमिटर क्षेत्रफलको जग्गा निःशुल्क दान गर्नुभएको हो ।
सरकारको एक वडा एक स्वास्थ्य चौकी निर्माण गर्ने लक्ष्यसहित सिस्ने गाउँपालिका–६ मा स्थापना हुन लागेको स्वास्थ्य चौकी भवन निर्माणका लागि शुक्रबार आफ्नो नाममा रहेको जग्गा मालपोतमा गई स्वास्थ्य चौकीको नाममा पास गरिदिनुभएको हो । जग्गा पास गर्ने क्रममा ८० वर्षीय चन्द्रबहादुर बुढाथोकीले नागरिकले आफ्नै गाउँमा सहजरूपमा स्वास्थ्य सेवा लिन सकुन् र आफूले पनि समाजका लागि केही गर्न सकियोस् भन्ने हेतुका साथ निःशुल्क जग्गादान गरेको बताउनुभएको छ ।
दुवै जनाले रु १०÷१० लाख बराबरको पाँच–पाँच सय वर्गमिटर जग्गा निःशुल्क दान गरेको सिस्ने गाउँपालिकाले जनाएको छ । समाजका लागि केही सहयोग गर्न पाउँदा निकै खुशी भएको जग्गादाताहरु बताउनुहुन्छ । निःशुल्क जग्गा उपलब्ध भइसकेपछि लगत्तै स्वास्थ्य चौकी भवन निर्माणको काम शुरु गरिने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । गाउँपालिकाको जग्गादातालाई सम्मान गर्ने कार्यक्रम पनि रहेको उहाँले बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!