०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

पुर्वी रुकुमको स्वास्थ चौकी भवन निर्माणको नि:शुल्क जग्गादान

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

एबिसी सम्बादाता
रुकुम पुस ५ रुकुम (पूर्व) को सिस्ने गाउँपालिका ६ मा रहेको ढकालबारामा स्वास्थ्य चौकी निर्माणका लागि निःशुल्क जग्गादान गरिएको छ । स्वास्थ्य चौकी भवन निर्माणका लागि सिस्ने गाउँपालिका–६ निवासी ८० वर्षीय समाजसेवी चन्द्रबहादुर बुढाथोकी र धनबहादुर बुढाथोकीले पाँच–पाँच सय वर्गमिटर क्षेत्रफलको जग्गा निःशुल्क दान गर्नुभएको हो ।
सरकारको एक वडा एक स्वास्थ्य चौकी निर्माण गर्ने लक्ष्यसहित सिस्ने गाउँपालिका–६ मा स्थापना हुन लागेको स्वास्थ्य चौकी भवन निर्माणका लागि शुक्रबार आफ्नो नाममा रहेको जग्गा मालपोतमा गई स्वास्थ्य चौकीको नाममा पास गरिदिनुभएको हो । जग्गा पास गर्ने क्रममा ८० वर्षीय चन्द्रबहादुर बुढाथोकीले नागरिकले आफ्नै गाउँमा सहजरूपमा स्वास्थ्य सेवा लिन सकुन् र आफूले पनि समाजका लागि केही गर्न सकियोस् भन्ने हेतुका साथ निःशुल्क जग्गादान गरेको बताउनुभएको छ ।
दुवै जनाले रु १०÷१० लाख बराबरको पाँच–पाँच सय वर्गमिटर जग्गा निःशुल्क दान गरेको सिस्ने गाउँपालिकाले जनाएको छ । समाजका लागि केही सहयोग गर्न पाउँदा निकै खुशी भएको जग्गादाताहरु बताउनुहुन्छ । निःशुल्क जग्गा उपलब्ध भइसकेपछि लगत्तै स्वास्थ्य चौकी भवन निर्माणको काम शुरु गरिने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । गाउँपालिकाको जग्गादातालाई सम्मान गर्ने कार्यक्रम पनि रहेको उहाँले बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।