१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

सिबिल प्रहरी ग्राहक बने पछी लागुऔषध सहित एक जना महिला पक्राउ

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

सागर थापा दाङ पुस ५ लागुऔषध कारोबारको अभियोगमा पक्राउ परेर धरौटीमा छुटेकी एक महिला पुन दाङबाट लागुऔषध कारोवार गरिरहेको अबस्थामा पक्राउ परेकी छन् ।
तुलसीपुर उपमहानगरपालिका ५ की शान्ता गिरी अदालतबाट धरौटीमा छुटेको केही समयमै पुन आगुऔषध कारोवारको अभियोगमा शनिबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए ।
महिलाको गतिविधिको विषयमा बुझन जिल्ला दाङबाट सादा पोशाकका प्रहरी समेत उनीसंग ग्राहक बनेर गएका थिए । उनीहरुले पनि गिरीबाट सामान किनेपछि नियन्त्रणमा लिइएको थियो ।
शान्ता गिरीलाई करिब ७ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको योगीले बताए । गिरीलाई उनकै घरबाट जिल्ला दाङको सादा पोशाकमा खटिएका प्रहरी टोलीले ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
उनलाई ब्राउनसुगर कारोबार गरेको आरोपमा अदालतले पुक्र्षका लागि थुनामा पठाएको थियोे । केही हप्ता पहिले मात्रै उनी धरौटीमा छुटेकी अभियुक्त रहेको दाङ प्रहरी प्रमुख एसपी भट्टराईले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!