०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

एक हजार रुपैयाको आरोपमा असई विरूद्ध विशेष अदालतमा मुद्दा

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

एक हजार घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक नवीनकुमार झाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत झाविरूद्ध एक हजार बिगो माग्दै आइतबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
टिपरको सबै कागजात हुँदाहुँदै पनि विभिन्न बहाना बनाएर चालकसँग रकम असुलेको आरोपमा उनी अख्तियारको बर्दिबासस्थित कार्यालयको टोलीद्वारा रंगेहात समातिएका थिए। झाले सेवाग्राहीसँग रकम नदिएमा टिपर चल्न नदिने भनी हजार रुपैयाँ असुलेको अख्तियारले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]