१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

नेपाल प्रहरी मुख्यालयद्वारा एसएसपी हरुको सरुवा तयारी

Logo
प्रकाशित मंगलबार, पुष १५, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं पुस १५ नेपाल प्रहरीको महानिरीक्षक सर्वेन्द्र खानलालले आफू जाँदा जादै प्रहरी अधिकृतको जिम्मेवार हेरफेरका लागि लागेका छन् । उनले केही समयअघि एसपीको सरुवा गरेका थिए । नेपाल प्रहरीभित्र अहिले सरुवा गर्ने कुरा हलचल नै ल्याएको छ । यसरी सरुवा हुन चाहनेहरुले विभिन्न शक्तिकेन्द्र धाउन थालेको विषयले प्रहरी मुख्यालय तताएको छ ।
यसैबिच गृहमन्त्रालयले नेपाल प्रहरीका केही प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको जिम्मेवारी परिवर्तनको तयारी थालेको छ । प्रहरी महानिरीक्षक (आइजीपी) खनालको सिफारिसमा गृहमन्त्रालयले केहिदिनमै एसएसपीहरुको सरुवा गर्ने तयारी थालेको उच्च स्रोतले जानकारी दियो ।
उच्च स्रोतका अनुसार काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले आफुलाई काम गर्न असजिलो भएको भन्दै सरुवा मागेका छन् । सुवेदीले आफ्नो सरुवा गरिदिन भन्दै गृहमन्त्रालयका केही उच्च अधिकारीलाई गुनासो गरेपछि एसएसपी सरुवाको गृहकार्य शुरु भएको हो ।
एसएसपी सुवेदीसंगै महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापा समेत अबको करिब दुई महिनामा डीआईजीमा बढुवा हुने भएकोले महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको नेतृत्व परिवर्तनको लागि गृहकार्य भईरहेको उच्च स्रोतले जानकारी दिएको छ ।
प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दीपक थापा र महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी उमेशराज जोशीलाई पठाउने तयारी गरेका छन् । एसएसपी थापा अहिले प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखाको प्रमुख छन् भने एसएसपी जोशी प्रहरी महानिरीक्षकको सचिवालयमा नेपाल प्रहरीको सह-प्रवक्ताको जिम्मेवारीमा छन् । थापा र जोशी दुबैजना व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् ।
एसएसपी भोजजंग शाहले अवकाश पाएपछी संघीय प्रहरी इकाई कार्यालय बागमती (काभ्रे) र बिभुतीराज पाण्डेले अवकाश पाएपछि प्रहरी प्रधान कार्यालयको युएन महाशाखा पनि नेतृत्वबिहिन छ । उता व्यावसायिक आचारसंहिता बिपरित काम गरेको उजुरी परेपछि संघीय प्रहरी इकाई कार्यालय गण्डकी (पोखरा) कि एसएसपी पुजा सिंह र संघीय प्रहरी इकाई कार्यालय धरानका एसएसपी शौरभ राणालाई जिम्मेवारीबाट हटाउने बिषयमा गृह मन्त्रालयमा छलफल भएको बुझिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्वमा पठाउने डीआईजी नपाएपछि एकबर्षे कार्यकाल पूरा गरिसकेर पनि डीआईजी निरज शाहीको सरुवा हुन सकेको छैन ।
डीआईजी नपाएपछी सिनियर एसएसपी मध्येबाट एकजनालाई निमित्त इन्चार्जको जिम्मेवारी दिएर सीआईबी पठाउने तयारी थालिएको छ । त्यसो हुँदा सीआईबीमा कार्यरत एसएसपी रामदत्त जोशीलाई त्यहाँबाट हटाएर अन्य कार्यालयमा पठाउने बिषयमा समेत छलफल भएको प्रहरी प्रधान कार्यालय स्रोतको दावी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

error: Content is protected !!