२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

कलंकी ट्राफिक प्रहरीमा व्यापक परिवर्तन पुरा सेट नै सरुवा

Logo
प्रकाशित बिहिबार, पुष १७, २०७६

काठमाडौं पुस १७ महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका प्रवेश गर्ने मुख्य कलंकी नाका व्यवस्थापन गर्ने जिम्मा पाएको कलंकी ट्राफिक प्रहरी प्रभावमा कार्यरत ट्राफिक प्रहरीको ‘सेट’ नै परिवर्तन गरेको छ । आर्थिक अनियमितता भएको आशंकापछि सेट नै परिवर्तन गर्नु परेकाे महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लामो अवधिदेखि प्रभागमा कार्यरत ट्राफिक प्रहरीको कार्य कुशलतामा समेत ह्रास आएको थियो ।
महाशाखाका प्रवक्ता एसपी जीवन श्रेष्ठले कलंकी आसपासको ट्राफिक व्यवस्थापन सुदृढ गर्न एक्सन लिनु परेको बताए । उनले भने, ‘प्रहरीमा सरुवा बढुवा प्रकृया नियमित हो । कलंकीमा पनि यस्तै भएको हो । यसले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउने छ ।’
महाशाखाका अनुसार प्रभावमा कार्यरत ४५ प्रहरी कर्मचारीको सेट परिवर्तन गरिएको हो । परिवर्तन हुनेमा सईदेखि सिपाहीसम्मका टोली रहेका छन् । परिवर्तनपछि प्रभागका प्रहरी कर्मचारी महाशाखा तानिएका छन् । प्रभागका नयाँ प्रहरी खटिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!