२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नक्कली स्मार्ट लाइसेन्स बनाउने ६ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष १७, २०७६

नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीको नक्कली परिचयपत्र बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका १५ घर भई काठमाडौं जडिबुटी बस्ने २७ वर्षीय दिपक ब्लोन, सर्लाही हरिवन नगरपालिका १ घर भई काठमाडौं कुलेश्वर बस्ने ४८ वर्षीय शुभाष भन्ने बुद्धिबहादुर रोक्का, काठमाडौं महानगरपालिकाका ६ बौद्ध चुच्चेपाटी बस्ने ३६ वर्षीया अनन्ता गुरुङ, बारा जितपुर सिमरा नगरपालिका १ घर भई काठमाडौं अनामनगर बस्ने ३१ वर्षीय अशोक कार्की, सिरहा सुखिपुर नगरपालिका ४ घर भई काठमाडौं कोटेश्वर बस्ने ४१ वर्षीय मोहन यादब र काठमाडौं महानगरपालिका २ लाजिम्पाट बस्ने ५६ वर्षीय कुमार तण्डुकार रहेका छन्।
नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीको नक्कली परिचयपत्र बनाई बिक्री गरी प्रयोग गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखा टेकु र महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट खटिएको संयुक्त प्रहरी टोलीले अनुसन्धान गरिरहेको थियो।
अनुसन्धानकै क्रममा आशिष स्टुडियोका संचालक बुद्धि बहादुरको साथबाट दिपक ब्लोनको नामको स्मार्ट लाइसेन्स, बिभिन्न व्यक्तिको सवारी चालक अनुमतिपत्र ४ थान, नागरिकताका प्रमाणपत्र, भारत सरकारको आधार कार्ड र फोटो कन्सर्न प्रालिबाट लक्ष्मण झाँक्रीको नामको सवारी चालक अनुमतिपत्र, उनकै नामको सशस्त्र प्रहरी जवानको परिचयपत्र, विभिन्न कलेजहरूको परिचय पत्रहरूको प्रिन्ट, सिपियु, कटर मेशिन, प्रिन्टर, हार्ड ड्राइभ सर्भर समेत बरामद गरी उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका सबै जनालाई लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!